Home» Cinema »Feature

निर्माता-निर्देशक पुरस्कृत



नेपाल चलचित्र निर्माता संघले आफ्नो वाषिर्क साधारण सभा तथा वाषिर्कोत्सवको अवसर पारेर चलचित्र निर्देशक, निर्माता तथा संघकै कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।

यस पटक पुरस्कृत हुनेहरुमा चलचित्र सम्पादक करुण थापा, चलचित्र निर्माता निर्देशक आकाश अधिकारी र निर्माता छवि ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक सुभाष गजुरेल तथा कार्यालयका लेखापाल कमल सिलवाललाई मङ्सीर २३ गते एक वृहद् कार्यक्रमका बीच पुरस्कृत गरिएको थियो ।

चलचित्रका दृश्य सम्पादक करुण थापाले नेपाली चलचित्रमा डिजिटल सम्पादन प्रविधि भित्र्याएका कारण पछिसम्म स्मरण गरिनेछ । त्यस्तै चलचित्र निर्माता छवि ओझा अहिले नियमित रुपमा चलचित्र निर्माण गरिरहेका छन् । उनले रेखा फिल्म्स्बाट नियमित रुपमा वर्षमा दुइ वटा चलचित्र बनाइरहेका छन् । यस वर्ष उनको किस्मत रिलिज भइसकेको छ भने अघिल्लो वर्ष हिम्मत प्रदर्शन भएको थियो ।

यसैगरी, चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा पनि अहिलेका व्यस्त निर्देशकका रुपमा चिनिन्छन् । उनको हालै मात्र हामी ट्याक्सी ड्राइभर प्रदर्शनमा आएको थियो । उनी लगायत साहित्यिक कृति बसाइँलाई निर्देशन गरेका सुभाष गजुरेल र बसाइँ निर्माण संस्था मकालु फिल्म्सलाई पनि प्रकाश थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक आकाश अधिकारीको क्रोधलाइ पनि सम्मान गरिएको थियो । निर्देशक अधिकारीले वर्षभरि सबैभन्दा बढी चलेका चलचित्रहरुको सूचिमा आफ्नो सिनेमा नदेखेपछि उनले आपत्ति जनाएका थिए । त्यसपछि रातारात व्यापार गरेको सूचि भेला पारेर उनलाइ पनि अवार्ड दिइएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
समारोह सेलेब्रिटी अभिनेता रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,