Home» City Life »Updates

तिब्बत चिन्नुस्

जसै चीनले आर्थिक प्रगति गरिरहेको छ, यहाँका धेरै चिजहरुबारे संसारभर जिज्ञासा बढिरहेको छ । नेपालीहरुका पनि अनेकन् जिज्ञासा होलान्, यही सोचेर तिब्बती चार फोटोग्राफरहरुले आफूले देखेको तिब्बतका बारेमा फोटो प्रदर्शनी गर्ने भएका छन् । चार प्रख्यात फोटोग्राफरका यी फोटोले तिब्बतको वास्तविक परिचय गराउने आयोजक फोटो र्सकल नेपालले जनाएको छ ।

१२ लाख किलोमिटर क्षेत्रफलको तिब्बती क्षेत्रमा बसोबास गर्ने २ करोड ८० लाख जनसंख्यामध्ये ९५ प्रतिशत तिब्बती र बाँकी अन्य जनजातिहरु बसोबास गरिरहेको तिब्बतलाई संसारकै छानो भनेर पनि चिनिन्छ । यहीँ संसारकै अग्लो ठाउँको सबैभन्दा ठूलो नून खानी पनि रहेको छ ।

पाँच वर्षघिदेखि मानिसको बसोबास रहेको विश्वास गरिने यो क्षेत्रका बासिन्दाहरुको संस्कार र संस्कृति विभिन्न जात, उपजातसँगको संस्कृतिसँग एकाकार बनेर नयाँ संस्कृतिको विकास गरेका छन् । इतिहासमा तिब्बत हान राजवंशसँग नजिकको सम्बन्ध राख्दै अघि बढेको पाइन्छ । १३ सय वर्षअघि सोंगत्सन गम्बोले विशाल तिब्बतको एकीकरण गरेका थिए भने सात शताब्दी अघि तिब्बत चीनको केन्द्रीय सत्ताको अधिनस्थ हुन पुग्यो ।

अहिले चीनकै अधिनस्थ रहेको तिब्बतमा पोताला दरबार, जोकाङ मन्दिर, युम्बु लाखाङ दरबार, शाक्य मठलगायत अन्य धेरै प्राचीन मन्दिर र दरबारहरु यहाँ रहेका छन् ।

यी र यस्तै विशाल इतिहास र संस्कृति आफूभित्र समेटेको तिब्बतका बारेमा वाङजु दोजी, अवाङ लुसाङ, चे ग्याङ र बासङ सिरेनजस्ता फोटोग्राफरका डिसेम्बर ९ का दिन फोटोहरु प्रदर्शन गरिनेछ । यसमा अहिलेको तिब्बतको वास्तविक परिचय हुने दाबी आयोजकहरुको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
culture events माओवादी संविधानसभा हल्ला awards मोबाईल पेट्रोल समलिङगी सेलेब्रिटी अनुभव celebrity crisis streets festival hi-life
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,