Home» Around the World »Weird and Interesting

कुखुराको मासुमा २५ वर्षपछि ब्रासलेट भेटियो



आरोन गिल्सले सपनामा पनि चिताएका थिएनन्, उनले हराएको बाला (ब्रासलेट) भेटिनेछ तर २५ वर्ष कुर्नुपर्छ । आरोनलाई त्यस्तै भयो । फेयरमोन्टका एक मासु बिक्रेताले कुकुरा काटे, अनि त्यसलाई छिलेर टुक्रा पार्छुभन्दा एउटा पुरानो चम्किलो वस्तु फेला पारे । त्यो चम्किलो वस्तुलाई धोइपखाली हेर्दा त त्यसमा कसैको नाम, ठेगाना र फोन नम्बरसमेत कुँदेको पाए ।

"मैले एउटा कुखुराका मासु पसलबाट फोन पाएँ, भनिएको थियो- तपाइँको बाला भेटेँ लिन आउनु होला", अनुहारै दिप्त बनाउँदै आरोन गिल्सले एपी समाचार संस्थालाई बताए- "अब तपाइँ आफैँ भन्नुहोस्, यसपछि मेरो प्रतिक्रिया के थियो होला !"

गिल्स त्यसबेला ४/५ वर्षका थिए, जतिबेला उनले यो बाला हराए । उनी साथीहरुसँग लुकामारी खेल्दै थिए कि अकस्मात उनले लगाएको बाला हरायो । त्यतिबेला उनले निकै खोजे । उनका बा-आमाले पनि त्यो खोज्न सघाए । तर त्यो हराएको हरायै भयो । अहिले उनी लक्का जवान मात्र होइन, दुइ सन्तानका बाबुसमेत बनिसकेका छन् र ३१ वर्षका पुगिसके ।

अब त्यति पुरानो कुरा उनलाई सम्झना हुने कुरा पनि भएन । कुरा कतिसम्म परिवर्तन भइसकेको थियो भने उनको स्थायी बसोबाससमेत परिवर्तन भइसकेको थियो । उनको पुरानो बासस्थानभन्दा ४५ माइल टाढा घर बनाइसकेका थिए । पुरानो नम्बर परिवर्तन भएर नयाँ बनाइसकेका थिए । तर पनि ती मासु पसलले उनलाई खोजिकन छाडे ।

एल्मोर नामक ठाउँबाट ल्याइएको कुखुरामा गिल्सको यो बाला फेला परेको थियो ।

"यो यति पुरानो भइसक्दा पनि खासै परिवर्तन आएको पाइनँ", गिल्सका पिताले आश्चर्य मान्दै भने- "यसमा कुँदेको नाम, फोन नम्बर र ठेगाना यति स्पष्ट थियो कि यो मैले पाएको भए पनि फिर्ता पठाइदिन्थेँ होला ।"

त्यसो त यसमा यति राम्रोसँग नाम, ठेगाना कुँदिएको थियो कि गिल्सका पिताले निकै वर्षसम्म यो पाइएला कि भन्ने आशा गरेका थिए । तर निकै वर्ष बितिसक्दा पनि यसको पत्तो नपाएपछि माया मारिसकेका थिए । छोरा गिल्स भन्छन्- "अब यसलाई हराउने मेरो कुनै नयाँ योजना छैन ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,