Home» City Life »Updates

शिल्पीको शिल्प- मधेश



जनआन्दोलन भाग दुइले तराइका समस्यालाई सम्बोधन गर्न सकेन भनी विभिन्न राजनीतिक संघसंस्थाहरु सक्रिय छन् । तीमध्ये केहीले हतियार उठाएका छन् भने केही वैचारिक लडाइँमा छन् । तर यी दुवैको परिणति के निस्कियो भने, के पहाडिया, के मधेशी, के तल्लो जात, के माथ्लो जात- यी सबैमा भएको सामाजिक सद्भाव चाहिँ बिल्कूलै बिग्रिएर गएको छ ।

यस्तो अवस्थामा कला क्षेत्र चूप लागेर बस्न सक्छ त ? "चूप चाहिँ होइन, बरु कलाका माध्यमले बाँकी रहेको सद्भाव पनि नटुक्रियोस् भनेर कामना चाहिँ गर्न सकिन्छ", मधेशमा नाट्य अभियान लिएर निस्केका शिल्पी नाट्य समूहका घिमिरे युवराज बताउँछन् । यसलाई सशक्त बनाउन जनकपुरको मिथिला नाट्य कला परिषद् र कपिलवस्तुस्थित कालिका नाट्य समूह पनि मिसिएका छन् ।

तराइमा भइरहेका वास्तविक समस्या र ती समस्या समाधानका लागि नाटक दर्शकहरुबाट नै प्रतिक्रिया मागी ती समाधान त्यहीँ अवलम्बन गर्ने उद्देश्य नाटकको रहेको छ । 'मधेशः तराई नाटक यात्रा' मंसीर २१ देखि १० पुससम्म तराईका २५ भिन्न स्थानमा आयोजन हुने बताइएको छ ।

रोचक कुरा त के छ भने, यी २५ भिन्न स्थानमा भिन्न किसिमका कथानक हुनेछन् । मूल विषय एउटै भए पनि अन्त्य फरक हुन सक्छन् । र, दर्शकले सुझाएका सुझावलाई 'क्लाइमेक्स' बनाइने हुनाले स्थानीय दर्शकले नाटक र दर्शक भिन्न नभएको अनुभव गर्नेछन् । यो प्रयोग स्थानीयस्तरमा खुपै गरिएकाले यसको सफलतामा पनि कुनै शङ्का छैन भन्ने त आयोजक शिल्पीका घिमिरे युवराजको उत्साहबाटै अनुमान गर्न सकिन्थ्यो ।

कतै तपाइँकै घरगाउँमा त शिल्पी आइपुगेन ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events माओवादी संविधानसभा हल्ला मोबाईल awards सेलेब्रिटी पेट्रोल streets crisis समलिङगी अनुभव hi-life celebrity festival
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema,