Home» City Life »Updates

पुष्कर शाह अब पूर्वी यूरोपतिर

विश्व शान्तिका लागि साइकलयात्रामा निस्किएका पुष्कर शाहको यात्राले १० वर्ष पूरा गरेको छ । सोही उपलक्ष्यमा उनले राजधानीको माइतीघर मण्डलामा केक काटेर खुशियाली मनाए ।

१० वर्षआजकै दिनमा उनले आफ्नी आमासँग बिदा लिएका थिए, विश्वको यात्रा साइकलबाट गर्न । उनले भावुक हुँदै भने- "त्यसबेलामा मलाई कतिले बौलाहा भने, कतिले के भने, आखिर अहिले आएर मेरो यो सपना मात्र पूरा भएन, यो देशकै प्रतिष्ठासमेत भयो ।"

यो भ्रमणले उनलाई धेरै ठाउँमा सातो समेत लिएको थियो, कतिपय ठाउँमा अब बाँच्दिन भन्ने समेत लागेको थियो । तर आखिर हिम्मत र इश्वर दाहिना भएपछि कसैको केही लाग्दो रहेनछ ।

१० वर्षसम्म घुमेका, हेरेका र अनुभव गरेका कुराहरुलाई उनले डायरीमा टिपोट गरेका छन् । ती टिपोटहरुलाई आत्मसंस्मरणका रुपमा प्रकाशन गर्ने उनको योजना छ । "अब घुम्न बाँकी रहेका पूर्वी यूरोप र मध्यपूर्व (अरब राष्ट्रहरु) पछि मेरो यात्रा टुङ्गिन्छ । यसपछि सबै १५० राष्ट्रहरुका झण्डा बोकेर सगरमाथा आरोहण गर्नेछु", उत्साहित हुँदै पुष्करले बताए ।

उनको इच्छा पूरा होओस्, इनशाडटकम परिवारको पनि शुभकामना ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,