Home» Around the World »Weird and Interesting

आफ्नै घर रङ्ग्याउँदा जेल



७५ वर्षीय बूढा गिलियानी कोन्तादिनोलाई एक दिन आफ्नो घर आफैँजस्तो थोत्रो लाग्यो । आफ्नो जीवन त त्यसै पनि निरस छँदै छ, घरलाई पनि किन त्यस्तै निरस रहन दिनू भन्ने सोचाई आएपछि बूढा गिलियानीले घरलाई गुलाबी रङले डुबाइदिए ।

उनको पुरानो घर अकस्मात नयाँ रङमा रङ्मङिएको देखेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरे । प्रहरीले पनि बूढा गिलियानीलाई पक्राउ गरेर अदालत पुर्‍याए । अदालतले त झन् एक कदम अघि बढेर उनलाई पाँच वर्षको जेल सजाय समेत तोकिदियो ।

यी पेन्सन पट्टा पकाइसकेका बूढाले यो उमेर यसरी जेल जानु पर्ला भनेर सोचेका पनि थिएनन्, तर जानु पर्‍यो । कारण चाहिँ के रहेछ भने उनको घर किन्क तेरे नेशनल पार्कभित्र पर्दो रहेछ । पार्क र उनको घर समेत युनेस्कोले विश्व सम्पदा सूचि अर्थात् वर्ल्ड हेरिटेज साइटमा पारेको रहेछ ।

अब विश्वकै सम्पदा वा सम्पत्तिका रुपमा परिचित पाएको घरलाई उनले आफ्नो पनि भन्न पाएनन् । जसलाई थोत्रो ठानेर नयाँ बनाउन खोजेका थिए, नयाँ त बनाए तर बस्न चाहिँ पाएनन् । घरको साटो जेलमा पाँच वर्ष बिताउनु पर्ने भयो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति माया सुन्दरी सेलेब्रिटी मुद्दा मामिला मूर्ख्याइँ गुगल इन्टरनेट बलिउड भव्यता विज्ञापन नग्नता कीर्तिमान श्रीमानश्रीमती प्रविधि फट्याइँ उदेकलाग्दो उपाय हलिउड सेक्स
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read