Home» Around the World »Weird and Interesting

मर्ने बेलामा बिहा


९३ वर्षीय एक बूढा व्यक्ति र ८५ वर्षीया महिलाबीच बिहे सम्पन्न भएपछि तिनको बिहेलाई बेलायतकै सबैभन्दा वृद्ध प्रेमीप्रेमिकाबीचको बिहेको कीर्तिमान बन्न पुगेको छ ।

जेम्स मेसनले आफ्नी प्रेमिका पेग्गी क्लार्कलाई मात्र एक महिनाअघि भेटेका थिए । दुवैबीच एक महिने रोमान्स चल्यो । यही रोमान्सले अहिले वैवाहिक जीवन बिताउने अवसर जुरेको स्काई न्यूजले जनाएको छ ।

धेरैलाई गफ या अपत्यारिलो लाग्न सक्छ तर जेम्सको कथनलाई तपाइँ हामीले विश्वास गर्नैपर्छ, उनले भने- "जब मैले उनलाई देखेँ, हामीलाई एकै नजरमा प्रेम बस्यो । हुन त एक नजरमा प्रेम हुने कुरालाई धेरैले अस्वीकार गर्छन्, तर हाम्रो जीवनमा त्यो साक्षात् बनेर आयो ।"

दुवैबीच भेटघाट डेभोनस्थित पेग्टोनमा रहेको एउटा डे केयर सेन्टरमा भएको थियो ।

"यो उमेरमा मेरो बिहे हुनु एउटा जादू नै हो । मलाई यो एउटा सुखद् सपना झैँ लागिरहेको छ", ८५ वर्षीया नवदुलही पेग्गीले भनिन्- "कतै म केही मिनेटमा ब्यूँझन्छु कि भन्ने डर लागिरहेको छ ।"

"मैले उसँग हात मिलाएँ । मैले उसको आँखामा हेरेँ, शान्त उसको आँखामा के जादू थियो कुन्नी मैले बेहोसीमा भने- 'तिमी यता आइरहन्छौ कि कसो ? कहीँ देखेचिनेजस्तो लागिरहेको छ ।' अचम्म ! मैले पहिलो भेटमा नै यस्तो भनेकी थिएँ", पेग्गीले स्काई न्यूजलाई बताइन् ।

यता जेम्सको मनमा पनि त्यस्तै भावना थियो । एक महिना डे केयर सेन्टरमा सँगै दिनहरु बिताएपछि आफ्नो मनभित्रको कुरा नबताउनु 'पाप' गरे सरह हुने ठान्दै बिहेको प्रस्ताव राखेका थिए । बेलायतका यी सबैभन्दा बूढाहरुको बिहे हेर्न त्यसो त डे केयर सेन्टरका बूढाबूढी र कर्मचारीबाहेक अरु कोही उपस्थित थिएनन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country