Home» City Life »Updates

प्रचण्ड राष्ट्रपति बन्दैनन्, नेपालको राजधानी फेर्नुपर्छ

ज्योतिष ओजराज लोहनी देशको बारेमा भविष्यबाणीहरु गरेर बेलाबेलामा चर्चामा आइ नैं रहनुहुन्छ । छ महिना अघि इनशाडटकमका लागि दिनेश कार्कीसँग संविधान सभाको चुनाव मंसिर ६ मा हुदैन भनेर भविष्यवाणी गर्नुभएको थियो । त्यतिबेला तत्कालिन आठै दल र निर्वाचन आयोग चुनावी तयारीमा जुटिरहेको बेला लोहनीको भविष्यवाणीलाई पत्याउन गाह्रो भएको थियो । तर समय परिस्थिति र घटनाक्रमले ज्योतिष लोहनीको भविष्यवाणी सत्य सावित भएको छ । यो सालभित्र संविधानसभाको चुनाव होला कि नहोला भन्नेमा अन्योल देखिएको छ । यसपटकको भविष्यवाणीमा लोहनीले नेपालको राजधानी काठमाडौं नफापेको र देशको भलो चाहने हो भने अविलम्ब यसलाई सार्नुपर्ने जिकिर उहाँको छ । 'पाकिस्तान, भारत आदि देशले आफ्नो देशको राजधानी अनुकूलतालाई हेरेर सार्न हुन्छ हामीले किन सार्न नहुने ?'-ज्योतिषको प्रश्न छ । यसैगरी प्रचण्ड राष्ट्रपति नबन्ने र तत्कालका लागि एमाले महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउने ज्योतिष लोहनी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापाको ग्रहगति बलियो बन्दै गएको बताउनुहुन्छ । प्रस्तुत छ यसै सन्दर्भमा दिनेश कार्कीले ज्योतिष लोहनीसंग गरेको वार्ताको मुख्य अंश -

मुलुकको अहिलेको ग्रहदशा कस्तो छ ?
मुलुकको अहिलेको अवस्था एकदमै प्रतिकूल छ । प्रतिकूल समयमा विभिन्न खालका दैविक, सामाजिक तथा दैविक घटनाहरू घट्ने गर्छन् । गत साउन महिनामा ग्रहहरू अनिष्ट छ भनी तपाईंसँग नै कुराकानी गरेको हुँ । साउन महिनामा राजनीतिक तथा प्राकृतिक हिसाबले धेरै मान्छेहरू मरे र हजारौं विस्थापित भए । अहिले पनि मंगलग्रह खराब स्थानमा छ । मंगलग्रह खराब भएपछि चोरी डकैती, आर्थिक समस्या, हतियार प्रदर्शन र विषादी प्रयोगका घटनाहरू हुन्छन् । अहिलको समयको ग्रहस्थिति राम्रो छ ।

मुलुकको राजनीति मुठभेडतर्फअगाडि बढ्छ कि मेलमिलापतिर ?
मैले अगाडि नै भने, जब मंगलग्रह खराब हुन्छ, तब हतियारको होडबाजी र हत्या एवं हिंसा बढ्छ । यस अवस्थामा राजनीति गर्ने मानिसहरूले बुद्धि पुर्‍याएनन् भने ठूलै खालको रक्तपात पनि हुनसक्छ । यस अवस्था करिब करिब २०६४ सालभरि नै रहन्छ र यही सालभित्र यसले मूर्तरूपसमेत लिन्छ र राजनीतिले दिशाबोध लिन्छ ।

यहाँले संविधानसभाको निर्वाचन मंसिर ६ गते कुनै हालतमा हुँदैन भन्नु भएको थियो, आखिर त्यही भयो, अब कहिले होला निर्वाचन ?
२०६४ सालमा संविधानसभाको निर्वाचन हुने कुनै सम्भावना छैन । यही सालमा निर्वाचन भयो भने त्यसको नतिजाचाहिँ २०६५ सालमा मात्र आउँछ ।

किन हुँदैन संविधानसभाको निर्वाचन ?
संविधानसभाको निर्वाचन हुनु भनेको देशले एउटा गति निर्धारण गर्नु हो । जब देशको ग्रहस्थिति नै राम्रो छैन भने कसरी निर्वाचन हुन्छ- देशको राजनीतिक अवस्थाका बारेमा विश्लेषण गर्नुपर्ने आवश्यकता हामीलाई छैन र म त्यतातर्फ जान्न पनि । मंसिर ६ गतेको निर्वाचनका लागि दल, निर्वाचन आयोगदेखि अन्तर्राष्ट्रिय समुदायसमेत तयार भएका थिए । निर्वाचन हुँदैनभन्दा मान्छे हाँस्ने गर्दथे तर यथार्थतामा निर्वाचन हुन सकेन । यसको एउटै कारण हो, देशको ग्रहदशा राम्रो छैन ।

गिरिजाप्रसाद कोइरालाले नै संविधानसभाको निर्वाचन गराउने सम्भावना कत्तिको छ ?
गिरिजाप्रसाद कोइराला एक प्रजातान्त्रिक नेता हुनुहुन्छ, राष्ट्रका लागि पनि उहाँले ठूलो योगदान पुर्‍याउनुभएको छ । तर ग्रहस्थितिअनुसार गिरिजाप्रसाद कोइरालाले संविधानसभाको निर्वाचन गराउने सम्भावना कुनै छैन ।

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्था भावी दिनमा कस्तो होला ?
मैले यस अगाडि नै भनिसकें गिरिजाप्रसाद कोइराला दृढ इच्छाशक्तिका कारण बाँचिरहनुभएको छ । उहाँको यो अहिलेको नयाँ जीवन हो, समयले बिदा दिने बेला भए पनि एक्स्ट्रा (अतिरिक्त) आयुमा उहाँ बाँचिरहनुभएको छ । उहाँको राशिमा यतिबेला मंगल बसिरहेको छ र बेक्र भइरहेको छ । त्यसैले उहाँका प्रत्येक निर्णय र कार्यहरू ग्रहका दृष्टिले प्रतिकूल बन्दै जान्छन् ।

एमाले महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री हुने हल्ला छ, ग्रहदशाले के भन्छ यसबारेमा ?
माधवकुमार नेपालसम्म पुगेर उहाँको चिना हेरेर जान्ने अवसर प्राप्त भएको छैन । देशको ग्रहस्थितिअनुसार माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने कुरामा म विश्वास गर्दिनँ । नेपालको राशिहरू माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना छैन ।

देश अब कसरी अगाडि बढ्छ त ?
मंगलस्थितिले हेर्दा कुनै पनि समय सैनिक कु हुनसक्छ र त्यो केही समय रहन सक्छ ।

सेनाप्रमुख रुक्मांगत कटवालको ग्रहदशा हेर्नुभएको छ ?
उहाँको पनि चिना हेरेको छैन ।

राजाको ग्रहदशा सप्रिएको हो ?
स्वंय राजाको चिना हेरेको छैन । तर राजा ज्ञानेन्द्रको राशि कुम्भ हो । राजाले जे जति कुरा भोगे त्यो २०६३ सालको ग्रहदशाअनुसार भोगेका हुन् । २०६४ सालको प्रारम्भदेखि नै राजाका ग्रहदशाहरू अनुकूल र बलियो बन्दै गएका छन् । मंगल ग्रह अरूका लागि प्रतिकूल भए पनि राजाका लागि राम्रो साबित भइरहेको छ । राजाप्रतिको जनताका गलत सोचाइहरू क्रमशः घट्दै जाने सम्भावना छ ।

युवराज पारस राजा हुने सम्भावना छ ?
बाबु राजाको ग्रहदशा राम्रो भएपछि छोरा पनि राजा हुन्छन् भन्ने कुरा सामान्य हो । पारसको राशि कन्या हो । कन्या राशिमा शनि गएको छ । अहिले यस विषयमा केही नबोलौँ । अर्को कुरा के हो भने अत्यन्त सशक्त बलवान् कुण्ड र ग्रह नवयुवराजको छ ।

प्रचण्डले दुइ वर्षभित्र राष्ट्रपति हुन्छु भनेको पत्रिकामा आयो, उहाँको त्यो भनाइ सत्य होला त ?
दुइ दशकदेखि भूमिगत भएका, सशस्त्रयुद्ध गरेका महान् नेता प्रचण्डलाई पनि अवमूल्यन गर्न चाहन्न तर उहाँको नाम र राशिलाई हेर्दा प्रचण्ड राष्ट्रपति हुने कुनै सम्भावना छैन ।

नेपालमा कहिले गणतन्त्र आउला त ?
नेपालमा तत्काल गणतन्त्र आउने कुनै सम्भावना छैन, त्यसैले प्रचण्ड राष्ट्रपति बन्ने सम्भावना पनि छैन । आन्दोलनको समयमा गणतन्त्र आउने सम्भावना थियो तर त्यो समयमा लुगा परिवर्तन नगरी पखाल्नेमात्र कार्य भयो । नेपालमा गणतन्त्र आउने परिस्थिति निर्माण भइसकेको छैन ।

शेरबहादुर देउवा र सूर्यबहादुर थापाको दशाचाहि कस्तो छ नि ?
मंगलग्रह प्रबुद्ध भएपछि क्षेत्रीहरूको वर्चस्व बढ्छ । अर्को कुरा मैले चिना हेरेका व्यक्तिहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको हेरेको छु । त्यसैले अहिलेको अवस्थामा शेरबहादुर र सूर्यबहादुरको ग्रहदशा मजबुद बन्दै गएको छ ।

तपाइं त नेपालको राजधानी नै सार्नुपर्छ भन्नुहुन्छ होइन ?
नेपाल राज्य भन्ने बित्तिकै त्यसको वृश्चिक राशि हुन्छ र काठमाडौंको मिथुन राशि हुन्छ । राज्य र राजधानीको तालमेल नमिल्दासम्म त्यसले दूरगामी असर गर्ने कुनै पनि प्रकारको कार्य गर्न सक्दैनन् । यो कुरा मैले २०६२ सालमा नै भनेको हुँ । त्यसैले नेपालको राजधानी अपरिहार्य रूपमा बदल्नुपर्छ । अब ७५ को ठाउँमा एक जिल्ला थप्नुपर्छ । अन्य क्षेत्रमा यतिधेरै खर्च भएका छन् भने देशमा शान्तिकायम गर्न यति सानो काम किन नगर्ने !

Related Article:
गणतन्त्र नआउने ज्योतिषीको दाबी

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
संविधानसभा हल्ला awards सेलेब्रिटी माओवादी streets समलिङगी celebrity पेट्रोल hi-life अनुभव events मोबाईल crisis festival
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group