Home» City Life »Updates

चन्दा आतङ्क
 
हिजो तपाइँ घरबाहिर निस्कनु भयो भने ससाना बालबालिकाहरुले तपाइँलाई धेरै ठाउँमा रोके-छेके होलान् । पर्व छ शिवरात्रीको तर मानौँ सबैभन्दा बढी चिन्ता ती बालबालिकाहरुलाई नै लागेको छ झैँ तिनले तपाइँसँग केही रकम असुले होलान् । दिनु भएन भने अनेकन् गालीसमेत खानु पर्‍यो होला !
 
एउटा समूह भए त ठीकै छ, तर घरबाट बाहिर निस्कन पाएको छैन- पूरै लस्कर यो धन्दामा लागेको देख्दा चाहिँ जिव्रो टोक्नुपर्ने अवस्था छ ।
 
केही वर्षता विभिन्न चाड पर्वमा ठूलो बाँसले सडक ड्याम्म रोकेर सवारीसाधन वा पैदलै हिँडेकाहरुबाट चन्दा असुल्ने क्रम तीव्र भएको छ । चाहे त्यो सरस्वती पूजा होस्, छठ पर्व होस् या शिवरात्री ! बिना कारण चन्दा असुल्ने र चन्दा दिन नमाने गन्तव्यमा नै नपुगिने अप्ठेरो स्थितिको सिर्जना हुन थालेको छ ।
 
उहिले ऋषिमुनिहरुले पर्व मान्नका लागि घरघरबाट भिक्षा उठाएर यज्ञ सम्पन्न गर्नका लागि माग्नु त सही थियो । तर यी बालबालिकाहरुले कस्तो किसिमको यज्ञ सम्पन्न गर्नका लागि चन्दा आतङ्क मच्चाएका हुन् भन्ने चाहिँ बुझ्न गाह्रो छ !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
अनुभव streets पेट्रोल हल्ला मोबाईल समलिङगी सेलेब्रिटी awards माओवादी crisis संविधानसभा celebrity festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group