Home» City Life »Updates

उत्कृष्ट अनलाइन पत्रकारिता पुरस्कार स्थापना


देशविदेशबाट संचालित अनलाइनकर्मीहरुको साझा संस्था अनलाइन मिडिया एसोसिएसन नेपाल (ओमान) को शनिबार काठमाडौमा बसेको बैठकले अनलाइन मिडिया र त्यसमा कार्यरत संचारकर्मीलाई थप प्रोत्साहित गर्न उत्कृष्ट अनलाइन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

बैठकले हरेक वर्ष एउटा अनलाइन पत्रिका र एक जना अनलाइन मिडियामा कार्यरत पत्रकारलाई उत्कृष्ट अनलाइन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । अनलाइन मिडिया एसोसिएसनले प्रदान गर्ने उक्त पुरस्कारको राशी पाँच हजार एक रुपैया (५ हजार १ रुपैया) र ताम्रपत्र हुनेछ ।

त्यसैगरी बैठकले देशभित्र अनलाइन मिडियाको शाखा गठनलाई तीब्रता दिन कार्य सुरु गर्ने निर्णय गरेको छ भने विदेशमा रहेका अनलाइनकर्मीहरुलाई समेटेर अनलाइन मिडिया एसोसिएसन सम्पर्क समिति गठन गर्ने प्रक्रियासमेत थालनी गर्ने निर्णय गरेको छ ।

शनिबारको बैठकले अनलाइन मिडियासम्बन्धी लेख रचना र गतिविधि समेटेर हरेक दुई महिनामा बुलेटिन प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। सो प्रयोजनका लागि बैठकले उपाध्यक्ष तिलक मल्लको संयोजकत्वमा उपाध्यक्ष विभोर बराल र महासचिव धर्मराज भुसाल सदस्य रहेको प्रकाशन समिति गठन गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
awards मोबाईल पेट्रोल हल्ला समलिङगी सेलेब्रिटी माओवादी crisis संविधानसभा अनुभव celebrity streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,