Home» City Life »Updates

अनलाइन मिडिया एसोसिएसनको नयाँ कार्यसमिति चयन



अनलाइन मिडिया एसोसिएसन ओमानको मंसीर ३ गते अपरान्ह वसेको पहिलो साधारणसभाले पुरानो कार्यसमितिलाइ विघटन गरि नयाँ कार्यसमिति गठन गरेको छ । नेपालबाट प्रकाशित हुने र नेपाली भाषामा विदेशी भूमिबाट प्रकाशन हुने अनलाइनहरुको उपस्थिति रहेको सो साधारण सभाले संघलाइ अझ समावेशी बनाउन विधान संशोधन समेत गरेको छ ।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा दिनेश बस्नेत रहुनभएको छ भने उपाध्यक्षहरुमा तिलक मल्ल, कुमार श्रेष्ठ र विभोर वराल रहनुभएको छ ।

यसैगरी महासचिवमा धर्मराज भुसाल, सचिवमा सुनिता रेग्मी र कोषाध्यक्षमा क्षितिज रेग्मी निर्वाचित हुनुभएको छ । सदस्यहरुमा वैकुण्ठ ढुंगाना, सुभद्रा गौतम र सविन तुलाधर निर्वाचित हुनुभएको छ ।

साधारणसभाले संस्थालाइ थप समावेशी बनाउन महासचिव विभोर बरालले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावलाइ अनुमोदन गरेको थियो । संशोधित विधानमा सदस्यतालाइ संस्थागत र साधारण गरी दुइ भागमा बाँढ्ने, अनलाइनमा काम गर्ने पत्रकारहरुको सहभागितालाइ सुनिश्चित बनाउने र कार्यसमितिको ढाँचालाई परिवर्तन गरी उपाध्यक्षको संख्या तीन पुर्याउने, सचिव पद थप गर्ने लगायतका विषयलाई समेटिएको छ ।
 
यसअघि साधरणसभाको उद्घाटन शत्रमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले मुलुकमा प्रजातन्त्र अपहरित अवस्थामा रहेका बखत अनलाइन मिडियाले सुचना सम्प्रेषणमा निकै ठूलो योगदान पुर्याएको स्मरण गर्दै यसलाइ मूलधारको माध्यमको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

दक्षिण एसियामै अनलाइन प्रविधिबाट पत्रिका संचालन गर्ने मुलुक नेपाल रहेको बताउँदै यसलाइ प्रविधिका हिसाबले विकास र विस्तार गर्नुपर्ने तथा कानुनी र व्यवसायिक रुपमा समेत स्थापित बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, सुदर्शन घिमिरे लयायतका वक्ताले पनि मन्तव्य राख्नु भएको थियो ।

नयाँ कार्यसमितिको आजै बसेको पहिलो बैठकले साधारणसभाले गरेका निर्णयहरुलाइ कार्यन्वयन गर्ने र संस्थाका कार्यक्रमलाइ तिब्रता दिने निर्णय गरेको छ । जसमा संघको कार्यालय स्थापना गर्ने, संस्थाको कोष संकलनका लागि संस्थागत र साधारण सदस्यता वितरणलाइ तिब्रता दिने र अनलाइन प्रविधिका बारेमा जानकारी दिन एक महिनाभित्र बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country