Home» City Life »Updates

यस पटक नयाँ के छ ?

आउँदो माघ १५ गतेदेखि २० गतेसम्म आयोजन हुन लागिरहेको क्यान इन्फोटेक २००८ मा यस पटक धेरै छ । त्यसैले अघिल्ला मेलाभन्दा यस पटकको मेलामा सिक्न र बुझ्न सकिने तथा मनोरञ्जनको भरपूर पोको तयार पारेर आयोजकहरु मिति कुरेर बसेका छन् ।

"हामीले यस पटकको मेलामा नयाँ किसिमको मोडल अप्लाई गरेका छौँ", कम्प्युटर एशोसिएसन नेपालका अध्यक्ष विप्लवमान सिंहले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने- "त्यो चाहिँ इन्टरनेटमा आधारित स्टल बुकिङदेखि दर्शकहरु आउने-जाने रुटको समेत परिवर्तनबाट अनुमान लगाउन सक्नु हुनेछ ।"

अध्यक्ष सिंहका अनुसार यस पटक अमेरिका, चीन, भारत, सिंगापुरलगायत अन्य देशबाट समेत पर्यवेक्षकहरु आउने छन् र ती पर्यवेक्षकसँग सूचना प्रविधिका सम्बन्धमा विविध अन्तरक्रियाहरुसमेत गरिनेछ ।

गएको वर्ष ३ लाखभन्दा बढी दर्शकहरुले सूचना प्रविधि मेला अवलोकन गरेको तथ्याङ्क आयोजकले निकालेका छन् । यस पटक यो संख्या कम्तीमा ३ लाख ५० हजार पुर्‍याउने लक्ष्य राखिएको छ । तर अधिकांश मेला-सहभागी धेरै दर्शक भन्दा पनि स्तरीय दर्शकहरुको आगमन चाहन्छन् ।

यस पटकको मेलाको अर्को महत्वपूर्ण पाटो भनेको विभिन्न किसिमका प्रदर्शनीमा आफ्नो गतिलो शाख जमाइसकेको डाइरेक्शन नेपाल नामक संस्था जोडिनु पनि रहेको आयोजकले जनाएका छन् । विगत आधा दशकदेखि शैक्षिक सूचना प्रदर्शनी, सौन्दर्य प्रदर्शनीलगायत विभिन्न किसिमका कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गरिसकेको डाइरेक्शन नेपालको सहभागिताले क्यान इन्फोटेक अझ स्तरीय बन्ने आयोजकहरुको दाबी छ ।

हरेक वर्ष२० प्रतिशतले वृद्धि भइरहेको सूचना प्रविधि व्यवसायमा अहिले ४ हजार १ सय दक्ष कामदारहरु रहेका छन् । यसमा हरेक वर्ष ४.२ प्रतिशतले वृद्धि भइरहेको छ भने नेपालभरि ३२ वटा इन्टरनेट सर्भिस प्रोभाइडरले काम थाल्ने योजना बुने पनि १२ वटा संस्था सक्रिय भएर लागेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events माओवादी संविधानसभा हल्ला awards समलिङगी सेलेब्रिटी मोबाईल पेट्रोल अनुभव crisis hi-life streets festival celebrity
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,