Home» Around the World »Weird and Interesting

आधा मस्तिष्ककी स्त्री



चीनको वुहान शहरकी ३९ वर्षीया एक महिलालाई सधैँ कमजोरीको महसूस हुन्थ्यो । त्यो शारीरिक दुर्बलता हटाउन उनले केसम्म गरिनन् ? जाने जति औषधमूलो र हुने जति काम सबै गरिन् । तर पनि शारीरिक दुर्बलता हट्न सकेन ।

यत्रो वर्षसम्म कारण पत्तो नलागेको अहिले आएर छर्लङ्ग भएकी छिन्, उनी । डाक्टरहरुका अनुसार उनको मस्तिष्कको आधा भाग नै छैन । मस्तिष्कको आधा भाग नभएका कारण उनले जति खाए पनि र मोटोघाटो देखिए पनि उनले आफूलाई सञ्चो महसूस गर्न नसकेकी हुन् ।

न्यूरल रिह्याबिलिटेशन डिपार्टमेन्टका निर्देशक झाङ लिनहाङले भने- "एमआरआई परीक्षण गर्दा त हामी छक्क पर्‍यौँ, मस्तिष्कको दायाँ भागमा हामीले खैरो पदार्थ मात्र पायौँ ।"

मस्तिष्कको बायाँ भाग अर्थात् देब्रे भागले भाषा र बोलीचालीलाई नियन्त्रण गर्ने गर्दछ । तर ती महिलासँग भने भाषाको कुनै समस्या थिएन । उनले राम्रोसँग बोल्न सक्थिन् भने बोलेका कुराहरु बुझ्न सक्थिन् । ती महिलाको जीवन अत्यन्त साधारण रहेको र उनकी एक छोरी पनि साधारण जीवन बिताइरहेको एनानोभा समाचार संस्थाले आफ्नो समाचारमा जनाएको छ ।

"आधा मस्तिष्क उनको टाउकोमा हुँदा समेत उनले उच्च विद्यालयबाट राम्रो अङ्क ल्याई पास भएको पाएपछि हामी चिकित्सकहरु छक्क परेका छौँ । उनको स्मरणशक्ति ज्यादै राम्रो छ र उनले हामीलाई एकसाथ अनेक नाम र नम्बर बताएकी थिइन्", निर्देशक झाङ लिनहाङले बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी गुगल सेलेब्रिटी इन्टरनेट मूर्ख्याइँ भव्यता बलिउड श्रीमानश्रीमती फट्याइँ विज्ञापन परिस्थिति नग्नता कीर्तिमान उपाय उदेकलाग्दो हलिउड मुद्दा मामिला उदारता
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read