Home» City Life »Updates

नेपाली वृत्तचित्र अमेरिकामा पुरस्कृत

लाउँलाउँ खाउँखाउँ उमेरका दुइ युवाले बनाएको वृत्तचित्र 'स्वतन्त्रताका लागि वियोग' (ए ट्रयाजेडी फर द लिबर्टी) अमेरिकाको न्यूयोर्क इन्टरनेशनल इण्डिपेण्डेण्ट फिल्म एण्ड भिडियो फेस्टिवल २००७ मा पुरस्कृत बनेको छ । यो पुरस्कार वृत्तचित्रका निर्देशकद्वय सुभाष थापा मगर र अञ्जना बुढाथोकीलाई यस वृत्तचित्रका लागि सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्र निर्देशकको पुरस्कारले विभूषित गरिएको हो ।

२१ वर्षीय सुभाष र २० वर्षीया अञ्जनाका लागि यो पुरस्कार जीवनकै सबैभन्दा ठूलो आश्चर्यजनक उपाधि बन्न पुगेको छ ।

गएको नोभेम्भर २ तारिखमा न्यूयोर्कमा आयोजित एक वृहद् समारोहमा यिनलाई यो पुरस्कारले सम्मानित गरिएको वृत्तचित्र निर्माण संस्था क्याट्स आई मिडिया प्रा.लि.का प्रबन्धक प्रसून थापा मगरले जनाएका छन् ।

यो वृत्तचित्रमा २०६२/६३ सालमा स्वतन्त्रता प्राप्तिका लागि नेपालमा भएको १९ दिने निर्णायक आन्दोलनका क्रममा कोख रित्याउन र सिन्दूर पुछ्न बाध्य हुनेहरुको व्यथा समेटिएको छ ।

अमेरिकामा यति महत्वपूर्ण अवार्ड हात पारेपछि त्यहीँका नेपालीहरुले निर्देशकद्वयलाई सम्मान गरेका छन् । सम्मानको प्रत्युत्तरमा निर्देशकहरुले नेपालको झण्डा आधा झुकाएका थिए । पुरस्कार हात पारेपछि दुवै निर्देशक नेपालमा डिसेम्बर महिनामा आइपुग्ने र अहिले उनीहरु टेलिभिजन निर्माण सम्बन्धी प्रशिक्षणमा व्यस्त छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
awards समारोह अभिनेता हल्ला रिलिज सेक्स सेलेब्रिटी प्रविधि सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,