योग्य बालबालिकाको अभाव

एउटा पूरा छिमलका बालबालिका युद्धमा होमिए, नेपालको भाग्य फेर्छु भनेर । त्यो युद्धको १२ वर्षो विभीषिकाको परिणाम बल्ल अहिले देखिँदैछ । वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार वितरण गर्नका लागि यो वर्ष कुनै पनि प्रतिभा सम्पन्न बालबालिकाको सूचि आफूहरुसम्म आई नपुगेको भनी वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार कोषले यो वर्षको पुरस्कार वितरण स्थगित गरेको छ ।
२०५५ सालमा स्थापित यो पुरस्कारमा नेपाल राष्ट्रभरिका प्रतिभाशाली बालबालिकाहरुलाई उनीहरुको प्रतिभाका लागि हौस्याउन यो पुरस्कार हरेक वर्षवितरण गर्ने गरेको छ । १६ वर्षन्दा मुनिका बालबालिकाहरुलाई यो पुरस्कार प्रदान गरिँदै आएको थियो ।
पुरस्कार वितरण गर्ने कोष अहिले कुनै पनि बालबालिकाको नाम आफूसम्म नआइपुगेकोमा खिन्न भएको भएको छ । कोषका महासचिव प्रचण्डराज प्रधानले एक प्रेस विज्ञप्ति जारी गर्दै यो पुरस्कारलाई वृहद् रुपमा सफल पार्न गाउँगाउँमा भएका बालबालिकाहरुको उम्दा प्रतिभा हेरी तिनलाई हौस्याउन र उनीहरुको प्रतिभालाई प्रकाश पार्न तिनको नाउँ सिफारिस गर्न आग्रह गरेका छन् ।
अब हेर्नुछ, महासचिव प्रधानको आग्रहले कत्तिको काम गर्छ !
|