Home» City Life »Updates

ढलेका सालिकहरु

- अच्युत कोइराला
यस पटकको तिहार यात्रामा मैले केही शालिकहरुको अस्तित्वहरु नामेट भएको पाएँ । चाहे त्यो दुहबीको भूपालमान सिंह कार्कीको शालिक होस् या बिराटनगरस्थित महेन्द्र शालिक । अथवा रंगेली जाने बाटोको बीचमा कर्सियाबजारको बीपी शालिक नै किन नहोस् । यी शालिकहरुको सामूहिक रुपमा अस्तित्व गुमेको पाएँ । यो एक किसिमले मलाई बिम्बजस्तो लाग्यो । पुराना कुराहरु ढालेर नयाँ बनाउने लालसाको बिम्ब !

केही अघिसम्म दुहबीमा भूपालमानसिंह कार्कीको शालिक मात्र ढलेको थियो । बीच सडकमा शुरुमा यो शालिकको स्थापना गर्दैदेखि केही स्थानीय व्यक्तिहरुको ठूलो आक्रोश थियो । पत्रकारहरुले पनि कम्ता आलोचना गरेका थिएनन्, शालिकलाई बीच सडकमा उभ्याएको देखेर । कसैले यिनलाई देशका प्रख्यात भ्रष्टाचारीको रुपमा आलोचना गर्थे त कोही चाहिँ दुहबी बजारको स्थापक । तिनको शालिक जनआन्दोलन भाग दुइका बेलामा निहुरमुन्टी भएको थियो । शालिकलाई फ्यातफुत्त फ्याँकिहाल्ने दुस्साहस चाहिँ गरेको थिएन कसैले पनि । निहुरमुन्टी हुने गरी बाँकी रहेको शालिकले त्यहाँका स्थानीय जनतासँग माफी मागिरहेजस्तो प्रतीत हुन्थ्यो, तर यस पटकको यात्रामा त्यो मूर्ति नै गायब थियो ।

त्यस्तै कर्सियामा पुग्ने कोही नौलो व्यक्तिले त त्यहाँ बीपी कोइरालाको शालिक थियो भन्ने चाल पाउन स्थानीय व्यक्तिलाई नै सोध्नुपर्ने स्थिति छ । किनभने त्यहाँ त बीपी चोक पनि भन्न छाडिसके स्थानीय व्यक्तिहरुले । पहिले पनि बीपी चोक भन्न गाह्रो मान्थे । बरु बीपीको गोडाको जुत्ता त्यहाँ बाँकी रहेको पाएँ । बीपीले त्यहाँ हात हल्लाइरहेको शालिक रहने गर्दथ्यो, अब त्यसको अवशेषको रुपमा जुत्ता मात्र थियो । त्यो जुत्ता पनि केही कुराको बिम्ब हुनसक्थ्यो होला, तर मैले त्यतातिर सोचिनँ ।

बिराटनगरको महेन्द्र चोकको पनि त्यस्तै बिजोग देखियो । ठुटो मात्र बाँकी रहेको महेन्द्र चोक साँच्चिकै दिक्कलाग्दो देखिएको थियो । त्यहाँ महेन्द्रको शालिक थिएन । न त भरतपुरको वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक थियो । जनआन्दोलन भाग दर्ुइका बेला राजा र कार्कीका शालिक ढालिएका थिए । बीपीको शालिक चाहिँ मधेश आन्दोलनको उपज थियो । देशमा प्रजातन्त्रका लागि जीवन रहुञ्जेल देशका शासकसँग संर्घष्ा गरेका बीपीको शालिक चाहिँ के कारणले त्यहाँबाट जरैसहित उखेलिएको थियो, त्यसको उत्तर चाहिँ स्थानीय व्यक्तिलाई पनि थाहा छैन ।

तर एउटा कुरा चाहिँ पक्का छ, यी सबै ढालिएका शालिक र तिनको अवशेषले चिच्याई चिच्याई देशको यथास्थितिवादीहरुसँग आमूल परिवर्तनको याचना गरिरहेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
bandhs & protests traffic party city wedding bizarre releases festival real picture beauty pageant culture travel hi-life events awards celebrity story
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,