चीनको अर्को उदेक !
तपाइँले ग्रेटवाल चढिसक्नु भएको छ भने सोच्नु हुँदो हो, अब चीनमा त्यस्तो के छ र ! तर पख्नुस्, तपाइँलाई चकित पार्न उनीहरुले अर्को योजना बुनिरहेका छन् । जसको नाम छ, ग्रेट ह्वील अफ चाइना । यसमा उनीहरुले तपाइँलाई 'उडाउने' बारे सोचिरहेका छन् ।
लण्डन आई र सिंगापुर फ्लायरभन्दा अग्लो बन्ने ग्रेट ह्वील अफ चाइना २०८ मिटर अग्लो रहेको छ । यो आउँदो सन् २००९ मा पूर्ण भइसक्ने र सञ्चालनमा आउने छ । यो ग्रेट ह्वील अफ चाइना संसारकै सबैभन्दा अग्लो र भव्य हुने अधिकारीहरुले बताएका छन् ।
यो चक्कामा ४८ वटा वातानुकूलित दृश्यावलोकन गर्ने साना कोठाहरु, हरेक कोठाले ४० दर्शक बोक्न सक्ने क्षमतायुक्त र राम्रो मौसम भयो भने बेइजिङ-उत्तर रहेको पहाडलाई पनि हेर्न सकिनेयुक्त बनाइएको अधिकारीहरुको दाबी छ ।
"यो शहरको गर्व हो, अनि शहरको नयाँ पहिचान पनि", ग्रेट ह्वील कर्पका मुख्य कार्यकारी अधिकृत स्टेफन म्याटरले रोयर्टसलाई बताए- "यो हाम्रालागि 'भुइँ न भाँडा'मा हुनुपर्ने विषय हो ।"
"लण्डनस्थित यस्तै किसिमको लण्डन आईले २५ व्यक्ति बोक्न सक्छ भने यसले ४० जना । यो एउटा सानो बसजस्तो हुनेछ र यो १८ टनको छ", उनले थपे । यो बनाउन २० करोड यूरो (१३ करोड ९० लाख पाउण्ड) खर्च लाग्ने अनुमान गरिएको छ । यसमा चढेर मजा लिन एक सय युआन अर्थात् (६ पाउण्ड) लाग्नेछ । |