Home» Television »Feature

नेपाली तारा फेरि पुरुष हुने



नेपाली टेलिभिजनको वृहद् गायन रियालिटी शो नेपाली तारा यस पटक पनि पुरुष नै हुने निश्चित भएको छ । बुधबार भएको घोषणा र शुक्रबार नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा यो निश्चित भएको हो ।

नेपाली ताराकी एक मात्र प्रतिस्पर्धी रोजिना गुरुङ अन्य पुरुष प्रतिस्पर्धीहरुबाट पछि परेपछि बुधबार कार्यक्रमबाट बाहिरिएकी हुन् । अब प्रतिस्पर्धामा पाँच जना युवाहरु मात्र बाँकी रहेका छन् ।

तारा लक्सम लिम्बु, सूर्यकिरण लामा, युवराज तिवारी, राज सागर र सन्तोष लामा बाँकी रहेपछि यी पाँच बीच अब तीव्र प्रतिस्पर्धा हुनेछ ।

नेपाली ताराको यो अङ्कमा पाँच प्रतिस्पर्धीहरुले राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु गाएका थिए । जसलाई दीपक जङ्गम, मुरलीधर र तारा थापाजस्ता निर्णायकहरुले ती प्रतिस्पर्धीको गायन क्षमताको परख गरेका थिए । सङ्गीतकार राम थापा कार्यक्रम स्थलतर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेका कारण थापा कार्यक्रमस्थलमा आउन नसकेपछि मुरलीधर र तारा थापालाई अतिथि निर्णायकका रुपमा निम्त्याइएको थियो ।

नेपाली ताराको उत्कृष्ट पाँचमा पर्ने बित्तिकै पोखराका युवराज तिवारीलाई चिठ्ठा परेको छ । पोखरामा प्रशान्त तामाङको लाइभ कर्न्र्सटमा उनलाई पनि गाउने निम्तो त थियो, तर उनीसँगै कर्न्र्सटमा भाग लिन उनी नेपाली तारामा उत्कृष्ट पाँच भित्र पर्नैपर्ने आयोजकहरुको शर्त थियो । उनी उत्कृष्ट पाँच भित्र परेपछि उनले पोखरेलीहरुलाई प्रशान्तसँगै मनोरञ्जन दिन पाउने भएका छन् ।

यता उत्कृष्ट पाँचमा पर्नबाट बञ्चित भएकी रोजीनाले भने आफूले यस कार्यक्रमबाट धेरै कुरा पाएको र भविष्यमा सङ्गीत नै आफ्नो कार्यथलो हुने जानकारी गराएकी थिइन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रियालिटी शो भीडबाहिर निर्माता विदेशमा रमाइलो अभिनेता हल्ला र वास्तविकता अभिनेत्री श्रृङ्खला भित्री कुरा नयाँपन
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,