Home» City Life »Updates

२५ हजार युरो पाउने रेडियो कार्यक्रम

नेपाल अधिराज्यभर रेडियो नेपाल तथा अन्य एफएम रेडियो स्टेशनबाट प्रसारण भइरहेको कार्यक्रम साथीसँग मनका कुरालाई इटालीमा आयोजित एक कार्यक्रमले उत्कृष्ट कार्यक्रम भनी पुरस्कृत गरेको छ ।

सन् २००७ को अक्टोबरमा निर्णय गरिएको यस पुरस्कारका लागि गत अक्टोबर ५ मा निर्णय गरिएको ग्लोबल जुनियर च्यालेञ्ज अवार्डका लागि विभिन्न नौ वटा विधाहरु तय गरिएका थिए । युनिसेफ नेपालद्वारा शुरु गरिएको र एक्वल एक्सेसद्वारा कार्यान्वयन गरिएको रेडियो कार्यक्रम साथीसँग मनका कुरा २९ वर्ष मुनिका परियोजना विधाका लागि मनोनित भएको थियो ।

यस समूहमा विश्वका ८० मुलुकका ६०० वटा परियोजनाहरुले आवेदन गरेमध्ये १०२ कार्यक्रमहरु अन्तिम चरणका लागि छानिएका थिए । तीमध्ये अन्तर्राष्ट्रिय निर्णयकर्ताद्वारा रोमको क्यापिडोग्लियो सिटी हलमा एक भव्य समारोहबीच नेपाली प्रस्तुति साथीसँग मनका कुरा यस विधाको पुरस्कार विजेता घोषित गरिएको थियो । यो पुरस्कारको रकम २५ हजार यूरोसहित एक ट्रफीसमेत रहेको छ । उक्त समारोहमा इटालीका राष्ट्रपतिसँग साथीसँग मनका कुराका प्रतिनिधिहरुको भेटघाट कार्यक्रम पनि थियो ।

"किशोरावस्था र युवावस्थाका समस्याको सवाल र तत्सम्बन्धी जीवनोपयोगी रचनात्मक समाधानमा आधारित साथीसँग मनको कुराजस्ता प्रभावकारी रेडियो कार्यक्रमको चर्चा अहिले दक्षिण-पूर्वी एसिया र अफ्रिकाका थुप्रै मुलुकहरुमा हुने गरेको छ । यस कार्यक्रमका नेपाली निर्माताहरुले यस सम्बन्धी तालिम अन्य मुलुकहरुमा समेत उपलब्ध गराइसकेका छन् । देशको जनसंख्याको ठूलो प्रतिशत किशोरकिशोरी र युवा भएको एवम् बेरोजगारी, द्वन्द्व र हिंसाले गाँजेको वर्तमान नेपाली परिवेशमा यस रेडियो कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको छ", कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

यो पुरस्कारपछि आफूहरु अझ हौसिएको र अझ प्रभावकारी कार्यक्रमहरु बनाउन प्रेरित गरेको कार्यक्रममा बताइएको थियो ।











pictures: achyut koirala/enasha.com

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,