Home» Cinema »Feature

हाम्रो मिलन कहिले हुन्छ ?

वेभ प्रडक्शन प्रा.लि.को ब्यानरमा निर्माण भएको तथा दीपक रायमाझीले निर्देशन गरेको चलचित्र हाम्रो मिलन कहिले हुन्छ ? को सुटिङ समाप्त भएको छ । यो कुरा शायद पत्रकारहरुलाई थाहा हुने थिएन होला, तर निर्देशक रायमाझीले यो कुरालाई गर्वका साथ एउटा पार्टीको आयोजन गरी जानकारी गराए ।

"हामीले यो चलचित्रको काम २६ दिनमा सक्यौँ", संक्षिप्त कार्यक्रममा निर्देशक रायमाझीले भने- "र, चलचित्रमा तपाइँहरुले भारतीय नायिका प्रीति झिंगियानीको सरप्राइज भूमिका पनि पाउनु हुनेछ !" नरेश भट्टराईको कथा, मौनता श्रेष्ठको पटकथा/संवाद, चेतन सापकोटाको सङ्गीत, एन.बी. महर्जनको द्वन्द्व, कृष्ण श्रेष्ठ तथा दीपक वान्तवाको छायाँकन, वसन्त रायमाझी, दिनेश पाख्रिन, निक्की बत्राको नृत्य निर्देशन तथा चेतन सापकोटा, नरेश भट्टराई र दयाराम पाण्डेको गीत रहेको छ ।

यस चलचित्रमा पूजा लामा, राजेशपायल राई, अन्जु पन्त, पुष्पा पौडेल र धर्मेन्द्र सेवानको स्वरले सजिएका गीतहरुको सीडी पनि सो अवसरमा पत्रकारहरुलाई वितरण गरिएको थियो ।
राजेश हमाल, युवराज लामा, आरपी पन्त, जयकिशन बस्नेत, उमेश खड्का, जेनी कुँवर, संगीता मोक्तान, उमेश पायालु, श्याम केसीजस्ता कलाकारहरुसँग नयाँ अनुहार अर्जुन कार्की र सञ्जीता गुरुङले पनि अभिनय गरेका छन् ।

यस चलचित्रको मूल कथा चाहिँ अन्तर-धर्मीय प्रेम कथा रहेको कथाकार नरेश भट्टराईले बताएका छन् । बेग्लाबेग्लै धर्म भएका दुइ युवाले भोग्ने परिस्थिति नै यसको मूल मर्म रहेको उनको भनाइ छ । चलचित्रलाई माघ महिनाबाट राजधानी भित्रबाट प्रदर्शन गरिने बताइएको छ ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
समारोह अभिनेता सेलेब्रिटी रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,