Home» Around the World »Weird and Interesting

संसारकै लामो ड्रयागन



सन् २००८ मा आयोजन हुन लागेको बेइजिङ ओलम्पिकका लागि चिनियाँहरु यत्ति उत्साहित छन् कि नयाँ नयाँ कीर्तिमानका लागि जोड गरिरहेका छन् । यस्तो स्थितिमा हालै चिनियाँ एक शहरले संसारकै लामोभन्दा लामो ड्रयागन बनाएर कीर्तिमान कायम गरेका छन् र यो २,००८ मिटर लामो ड्रयागन बन्न पुगेको छ ।

ताइकाङस्थित सुआङफेङ शहरले आउँदो ओलम्पिकलाई ध्यानमा राखेर २,००८ मिटर लामो ड्रयागन बनाएको जनाएको छ ।

यो एक माइल र चौथाई लामो बन्न पुगेको छ र यसलाई नचाउन र हल्लाउन १ हजार २ सय नृत्य कलाकारहरुको आवश्यकता पर्ने जनाइएको छ । यसलाई नचाउन सकिने किसिमको बनाइएको बताइएको छ ।

"१० जना कामदारहरुले एक महिनाभन्दा बढी समय लगाएर यति ठूलो ड्रयागन बनाएका हुन्", शहरका प्रवक्ताले चिनियाँ समाचार नेटवर्कलाई बताए ।

"यसलाई बनाउन ४,२०० मिटर कपडा र ३ सयभन्दा बढी बाँसको खम्बा खर्च भएको छ", प्रवक्ताले थपे ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान सङ्गीतकार रिलिज समुद्रपार लुकेका कुरा क्या बात ! तातोपीरो ट्रयाक बाहिर अवार्ड नेपाली तारा प्रेम र विवाह उपलब्धि भिडन्त विचार पेज थ्री रुचि गायिका गायक गीतकार कन्सर्ट
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,