Home» Cinema »Feature

कांग्रेसी कलाकार को को रै' छन् त


नेपाली कांग्रेससँग आबद्ध कलाकारहरु को को रहेछन्, जान्ने इच्छा छ भने आउनुस्, तिनको सूचि पछ्याउनुस् ।

बुधबार आयोजित एउटा जलपान कार्यक्रममा नेपाल सांस्कृतिक संघले आफू नेपाली कांग्रेससम्बद्ध संस्था भएको घोषणा गरेको छ । यो संस्थाले राजा ज्ञानेन्द्रको प्रतिगमनपछि सक्रिय रुपमा विरोध कार्यक्रम गर्दै आइरहेको थियो र पछिल्लो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजन गरिसकेको छ ।

संघले जनाएअनुसार निखिल उप्रेती, दीपकराज गिरी, मौसमी मल्ल, कृष्ण सिवाकोटीजस्ता कलाकार कांग्रेसी हुन् । उनीहरु यस संघको आमन्त्रित सदस्यहरु हुन् । यस संघका अध्यक्ष चलचित्र निर्देशक तर्ीथ थापा हुन् । थापाले आन्दोलनसडक गरी दुइ चलचित्र निर्देशन गरेका छन् ।

यता चलचित्रको प्राविधिक पक्ष हेर्ने तथा वसन्त ऋतु चलचित्रका निर्मातासमेत रहेका शिशिर शमशेर राणा, निर्देशक राजु पराजुली, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ पनि संघका आमन्त्रित सदस्य रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

चलचित्रका चर्चित पटकथाकार नयनराज पाण्डे, कलाकार हेमन्त बुढाथोकी, सङ्गीतकार शान्तिराम राई, राजेन्द्र केसी, नायक विक्रान्त वस्नेत चाहिँ कार्य समितिका सक्रिय सदस्य समेत रहेका छन् ।

कांग्रेसी कलाकारलाई चिनिसक्नु भयो भने यो संस्थाले चाहिँ हालैमा के गर्ला भन्ने प्रश्न उठेको भए सुन्नुस् (पढ्नुस्), बिहीबार पत्रकार वीरेन्द्र शाहको हत्याको विरोधमा र्‍याली आयोजन गर्यो भने तिहारको अवसर पारेर यसले देउसी भैलो कार्यक्रम आयोजन गर्यो ।   नेपाली कांग्रेसका उपाध्यक्ष सुशील कोइरालाले  देउसीको उद्घाटन नेपाली कांग्रेसकै केन्द्रीय कार्यालयबाट शुरु गरेका थिए  ।

यो संघको उद्देश्य उसो भए के त ? अध्यक्ष तीर्थ थापा भन्छन्- "जनताप्रति नेताहरु उत्तरदायी हुनुपर्‍यो भनेर चेत खुलाउन हामीले यस पटक देउसी खेलेका थियौँ । अर्को महत्वपूर्ण उद्देश्य चाहिँ के हो भने, कलाकार राष्ट्रका गहना हुन् भनेर हात बाँधेर बस्नु हुँदैन । देशको राजनीति र सामाजिक क्रियाकलापमा पनि उत्तिकै सहभागी हुनुपर्छ भनेर जागरण गराउने कुरामा लागि परेका छौँ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला सेलेब्रिटी अभिनेता समारोह रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc,