Home» Cinema »Feature

दुवै हातमा लड्डु !

चलचित्र निर्देशक नारायण पुरीका लागि अहिले खुशी डबल बोनान्जाको रुपमा प्रकट भइरहेको छ । नेपालको इतिहासको सबैभन्दा रोचक विषय राजनीतिक परिवर्तनका लागि गरिएको सशस्त्र द्वन्द्वमा पाँच वर्षअघि उनले निर्देशन गरेको चलचित्र 'आगो'को राजधानीमा पुनः प्रदर्शन शुरु भएको छ भने यस्तै विषयको उनकै अर्को चलचित्र 'अल्पविराम' राजधानीमा प्रदर्शनको पूर्वसन्ध्यामा छ ।

नेपाल चलचित्र निर्माता संघले अल्पविरामलाई ज्यादै महत्वपूर्ण चलचित्रको रुपमा चित्रित गर्दै राजधानीमा प्रदर्शनको बाटो खुला गरिदिएको छ । संघले महत्वपूर्ण ठहर्‍याएको चलचित्रले अरु चलचित्रको पालो मिच्दै चाँडो प्रदर्शन हुने अवसर पाउँछ । त्यो अवसर पाउने भएकाले पनि निर्देशक पुरीले आफूलाई चिठ्ठा परेको महसूस गरेका हुन् ।

एक निर्दोष युवक कसरी प्रशासनको चङ्गुलमा परेर बाध्यात्मक स्थितिमा माओवादी बन्न पुग्छ भन्ने विषयलाई आगोमा देखाइएको छ । सशस्त्र द्वन्द्वका कारण कसरी एउटा परिवार क्षतविक्षत बन्छ, एउटी चेलीले किन सशस्त्र द्वन्द्व अँगाल्न पुग्छे र प्रहरीका निर्दोष परिवार कसरी त्यो चेपुवामा परेर विधवा र अभिभावकहीन बन्न पुग्छन् भन्ने कथानक आगोमा बुनिएको छ ।

त्यसैगरी, फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसको तरुण दलले अल्पविरामको च्यारिटी शो आयोजन गर्ने भएको छ । नेपाली कांग्रेसले नेपालमा पहिलो पटक सशस्त्र द्वन्द्व शुरु गरेको हुनाले यो चलचित्रलाई च्यारिटी शो गर्न लागेको निर्देशक पुरीको भनाइ छ । पुरी भन्छन्- 'हतियार जसले उठाए पनि मार चाहिँ सर्वसाधारण नेपालीलाई नै पर्ने हो भन्ने सन्देश भएकाले तरुण दलले यसको च्यारिटी गर्न लागेको हो ।'

अल्पविरामको अहिलेसम्म विभिन्न संस्थाका लागि चार वटा च्यारिटी शो भइसकेको छ । उक्त शोबाट २३ लाख रुपियाँभन्दा बढी उठेको र तत्संस्थाहरुलाई प्रदान गरिसकिएको निर्देशक पुरीले इनशाडटकमलाई बताए ।

यदि निर्देशक पुरीले सोचेजस्तो भयो भने फागुनको मध्यबाट राजधानीका जयनेपाल, गोपी, गुण, अष्टनारायण, बाराही जस्ता हलमा अल्पविरामलाई रिलिज गर्ने भएका छन् । पाँच वर्षअघि नै थन्किसकेको उनीद्वारा निर्देशित आगो अहिले राजधानीका प्रमुख सिनेमा भवनहरुमा प्रदर्शनरत् छ । दुबै हातमा लड्डु शायद यसैलाई भन्छन् !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
निर्देशक नवीनता क्या बात ! फिल्म फेस्टिबल ग्ल्यामर कन्ट्रोभर्सी पार्टी अभिनेता पेज 3 अभिनेत्री रोमान्स रोचक सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,