Home» Cinema »Feature

माओवादी इतिहासको दस्तावेज बनाउने इच्छा

माओवादी विचारधाराबाट प्रभावित चलचित्रकर्मी शिवजी लामिछानेले 'आगो' चलचित्र निर्माण गरेका थिए । त्यसको पाँच वर्षपछि उनले माओवादीकै विषयमा अर्को चलचित्र 'लालसलाम' निर्माण सम्पन्न गरिसकेका छन् ।

यस चलचित्रको सेन्सरसमेत सम्पन्न भइसकेको छ । तर सेन्सरमा समेत विवाद परेपछि यो चलचित्र चर्चामा आएको थियो । सेन्सरमा चाहिँ 'नेपाल कम्युनिष्ट पार्टी एमालेलाई गाली गरिएको' पाइएकाले त्यसमा विवाद उठेको एमालेसम्बद्ध सेन्सर सदस्य श्याम सापकोटाले जनाएका छन् । तर केही छाँटकाँटका साथ चलचित्रको सेन्सर सम्पन्न भएपछि अहिले चलचित्र निर्देशक लामिछाने आफ्नो चलचित्रको प्रचार प्रसारमा लागिपरेका छन् ।

चलचित्रको सार्वजनिक प्रदर्शनअघि चलचित्रलाई लामिछानेले ध्वनि प्रक्रियालाई सुधार गर्ने प्रयास गरेका छन् । बुधबार इनशाडटकम प्रतिनिधिसँग कुरा गर्दै उनले भने- "यो चलचित्रलाई स्थानीय बजारमा प्रदर्शन गरेर मात्र लगानी उठाउन सकिन्न । त्यसैले यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन प्राविधिक रुपमा सिनेमास्कोप त छँदैछ साथमा ५.१ सराउण्ड साउण्ड थप्न लागिपरेका छौँ ।" सराउण्ड साउण्डका लागि यसका जानकार उत्तम न्यौपाने लागिपरेका छन् ।

लगभग ७० लाख रुपियाँको लगानी रहेको यस चलचित्रमा माओवादीका ऐतिहासिक घटनाक्रमहरु समेटिएको र माओवादी ऐतिहासिकतामा नजिक रहेको बताएका छन् ।

पहिलो निर्देशनलाई उनले कसरी लिए त - "एकदमै चुनौतिपूर्ण । किनभने एक त विषयवस्तु नै त्यस्तै रह्यो भने अर्कोतिर बढी विषयवस्तुसँग नजिक बनाउने उद्देश्य भएकाले कलाकार पनि वास्तविक चरित्रअनुसारका नै प्रयोग गरिए । अधिकांश कलाकारहरु व्यवसायिक कलाकार नपरेका हुनाले आउने अनेक किसिमको कठिनाईले मलाई निकै चुनौति थियो", लामिछाने विगत सम्झँदै बताउँछन्- "यो चलचित्र मूलतः 'न्याय' र 'अन्याय' बीचको भिडन्तको कथा हो ।"

निर्देशकले चलचित्रलाई हिजोका दिनमा सरकार किन गलत थियो र माओवादी किन त्यसका विरुद्ध जनयुद्धमा जानुपर्‍यो भन्ने विषयमा केन्द्रित गराएको बताएका छन् । केही व्यक्तिले चलचित्र एकतर्फी मात्र भएको भन्ने प्रतिक्रियालाई प्रतिवाद गर्दै उनी थप्छन्- "किनभने यो सिनेमा माओवादीहरुको दृष्टिकोणमा आधारित छ । त्यसैले माओवादी विचार आउनु स्वभाविक हो । मैले राज्य पक्षको भनाइ राख्न जरुरी ठानिन किनभने एउटा सिनेमा दुवै पक्षको कुरा राख्न पर्याप्त हुँदैन ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला सेलेब्रिटी अभिनेता समारोह रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,