Home» City Life »Updates

मूल्यवृद्धिको असर


पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको असर अब विस्तारै देखिन थालेको छ । नेपालमा यातायात सेवा होइन, बाध्यात्मक परिस्थिति पहिलेदेखि नै थियो । यातायातमा काम गर्ने व्यक्तिहरु सेवक होइनन्, मानौँ मालिक हुन् । यात्रुहरुको खाँदाखाँद, भाँचिकुचिएका सिट, बेला-कुबेला बिग्रिरहने साधन- यी सबले यात्रुलाई सेवा दिने भन्दा पनि यातना दिने काम बढी भइरहेको हुन्छ । यस्तोमा अहिले मूल्यवृद्धि भएको छ ।

मूल्यवृद्धिको साधारण ज्ञान के हो भने या त सेवामा गुणस्तरीयता हुनु पर्‍यो । नेपालका कुनै पनि यातायातले गुणस्तरीयता र यात्रुको सेवाका लागि ध्यान दिएको चाहिँ अहिलेसम्म थाहा छैन । न त यसका सञ्चालकहरुलाई यस प्रति कुनै ज्ञान वा जानकारी नै होला ।

यस्तो अवस्थामा यात्रुहरु कुँढिएर उनीहरुले जति भन्यो त्यति रकम दिन बाध्य छन् ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिसँगै यातायातमा मनपरी मूल्यवृद्धि शुरु भइसकेको छ । पहिले ७ रुपियाँ पर्ने ठाउँमा अहिले १० र १० रुपियाँ पर्ने ठाउँमा १३ रुपियाँ भइसकेको छ । यो नसोच्नुस्, यातायातकर्मीहरुको संस्थाले निर्णय गरिसकेकाले यो मूल्यवृद्धि भएको हो । त्यस्ता संस्थाले कुनै सूचना जारी गरेका छैनन्, तर गाडीका खलाँसी र कण्डक्टरहरुले स्वयम् यो मूल्यवृद्धि गरेका हुन् ।

यस्तो अवस्थामा अहिले राजधानीबासीहरुलाई ट्रलीबसको याद आइरहेको छ । यसले विगत पाँच वर्षयता कुनै पनि मूल्यवृद्धि गरेको छैन । ५ रुपियाँमा नै उसले त्रिपुरेश्वरबाट कोटेश्वरसम्म यात्रुहरुलाई दौडाइरहेको छ । यसमा उतिसाह्रो भिड नहुने हुनाले यसमा चढ्ने यात्रु सबैभन्दा भाग्यमानी हुन्छन् किनभने उसले उभिएर यात्रा गर्नु पर्दैन ।

तर नेपालमा जुन चिज बढ्नुपर्ने हो, त्यो बढ्दैन । जस्तो कि ट्रलिबसको सडक र्सर्ूयबिनायकबाट घटेर कोटेश्वरसम्म सीमित भइसकेको छ । न त यसलाई बढाउने चासो सरकार, स्थानीय निकाय, ट्रलिबस सञ्चालक समितिलाई नै छ । ह्वारह्वारी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर र्सवसाधारणको ढाड सेकिदा पनि विद्युतीय गाडीहरुको पर््रवर्द्धनका लागि कसैको चासो नबढ्नु साँच्चिकै दिवालियापन हो । नेपाल विद्युत प्राधिकरण, स्थानीय निकाय र निजी क्षेत्रले एक साथ अहिलेको स्थितिमा विद्युतबाट चल्ने ट्रली बसको प्रवर्द्धन गर्न ज्यादै जरुरी भएको छ । यसतर्फ बरु चासो बढाउन तपाइँ हामीले जुलुसको आयोजन पो गर्ने हो कि !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
पेट्रोल अनुभव मोबाईल हल्ला समलिङगी सेलेब्रिटी awards माओवादी crisis संविधानसभा celebrity streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,