Home» City Life »Updates

पत्रकार हराएको सूचना र निर्लज्ज राजनीति

पत्रकार वीरेन्द्र शाहको अपहरणपछिको स्थिति सार्वजनिक गर्न नेपाल पत्रकार महासंघले राजधानीको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म जुलुस कार्यक्रमको आयोजन गर्‍यो । जुलुस पछि विरोध सभामा परिणत भएको थियो, जसलाई पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी, अपहरित पत्रकार पत्नी तथा अन्यले समेत आफ्नो धारणा व्यक्त गरेका थिए ।
- एक समाचार


बारा जिल्लाका पत्रकार वीरेन्द्र शाह हराएको एक महिना बढी हुन लागेको छ । उनको अवस्थाका अज्ञात रहेको अखबारका पाना, सरकारी भनाइ र माओवादी पक्षको छ । हेर्दाहेर्दै सबैका सामूबाट पत्रकार वीरेन्द्र शाह गायब पारिए र तिनी अहिलेसम्म जीवित या मूर्दा छन् भन्नेसम्म कसैलाई थाहा छैन । सरकार मूक दर्शक छ, अपहरणमा हात रहेको भनिएको माओवादी पनि चूप छ तर पत्रकार महासंघ चूप छैन ।

महासंघले मंगलबार एक जुलुसको आयोजन गरेको छ । जसको उद्देश्य अपहरित पत्रकार शाहको स्थिति सार्वजनिक गरियोस् भन्ने नै हो ।

एक विश्वस्त सूत्रका अनुसार पत्रकार शाहको हत्या अपहरण भएको केही दिनमै भइसकेको थियो । यो कुरा उनका नजिकका नातेदारसमेतलाई थाहा भइसकेको छ । यसमा माओवादीको स्थानीय एउटा समूहको हात रहेको समेत प्रमाणित भइसकेको छ । तर अहिलेसम्म सरकार न त घटनाको वास्तविकता अगाडि ल्याउन चाहिरहेको छ, न त माओवादीहरु नै । एउटा समूह अझै पनि वीरेन्द्र जीवित छन् भनेर यो धर्ना र जुलुसमा लागिरहेको छ ।

कथित लोकतन्त्र भित्रिइसकेको नेपालमा निर्लज्ज तरिकाले अपहरित हुन्छन् मानिसहरु । तिनको हत्या हुन्छ । तर सरकार मूक दर्शक बन्छ । गणतन्त्र उन्मुख नेपालमा जिम्मेवार पार्टीका स्थानीय नेताबाट एक पत्रकार अपहरित हुन्छन्, तिनलाई यातनापूर्ण तरिकाले हत्या गरिन्छ र यसमा संलग्न कार्यकर्तालाई बचाउँदै पार्टीले आफ्नो संलग्नता नरहेको विज्ञप्ति जारी गर्छ भने नेपालमा जिम्मेवारीबोध र कर्तव्यबोध कहाँसम्म आइपुग्यो भन्ने स्पष्ट हुन्छ ।


यसले माओवादीमा रहेको हतियार उन्माद, एक दर्शनवादको एकोहोरो प्रलाप र स्वतन्त्रताविरोधी तत्वलाई स्पष्ट पारेको छ ।

केही माओवादी कार्यकर्ताको भनाइ छ- वीरेन्द्र शाह पत्रकारको मुखुण्डोमा रहेको प्रतिगामी तत्व हो । तर ती माओवादीलाई व्यक्ति हत्या गर्ने र देशको कानून हातमा लिने अधिकार कसले दियो, जबकि उनीहरुको स्थानीय सरकार शान्ति सम्झौतासँगै भङ्ग भइसकेको छ । वीरेन्द्र शाहको हत्या गर्नेहरुले एक पटक तिनको परिवारको मुख हेरुन्, वीरेन्द्र-हत्याले खोसेको मानवअधिकार मात्र होइन, परिवार-अधिकार, ममत्व-अधिकार, भविष्य-अधिकारको करुणाजनक स्थिति पनि विचार गरुन् ।


पत्रकार वीरेन्द्र शाहकी पत्नी र दुइ छोरा

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
crisis समलिङगी मोबाईल पेट्रोल हल्ला सेलेब्रिटी awards माओवादी संविधानसभा अनुभव celebrity festival streets hi-life events
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,