Home» Music »Feature

अब बीबीसीमा गायन स्टारको खोजी

बीबीसी रेडियोले संसारभरका नयाँ सङ्गीतकर्मीहरुलाई स्टार बनाउने योजना अघि सारेको छ । उसले आफ्नो विश्व सेवा ७५ वर्ष पुगेको उपलक्ष्यमा संसारभरका सङ्गीतकर्मीहरुलाई आफ्ना रचना उसकहाँ पठाएर संसारभर आफ्नो ख्याति बढाउन अनुरोध गरेको हो ।

अहिलेसम्म एल्बम ननिकालेका व्यक्ति वा समूह (ब्याण्ड) ले मात्र यस प्रतियोगितामा भाग लिन पाउने छन् ।

तपाइँले सोच्नु होला, बीबीसी विश्व सेवाले त अंग्रेजीमा गीत सुन्ने छ । यदि तपाइँ अंग्रेजीमा पोख्त हुनुहुन्न र आफ्नै लोकभाका, सुगम सङ्गीत र शास्त्रीय सङ्गीत मात्र जान्नु हुन्छ भने पनि केही छैन । बीबीसी नेपाली सेवाले पनि सोही अवसरमा नेपाली गायक-गायिकाहरुले सो प्रतियोगितामा भाग लिनसक्ने बनाएको छ । यदि तपाइँ यसमा उत्कृष्ट ठहरिनु भयो भने बीबीसीको विश्वस्तरीय गायन प्रतियोगितामा स्वतः प्रतिस्पर्धी हुनु हुनेछ ।

बीबीसी विश्व सेवाले द नेक्स्ट बीग थिङ भनी यो प्रतियोगिता अघि सारेको हो । अघिल्लो वर्ष पनि उसले यो प्रतियोगिता गरेको थियो, जसमा सिल्भा नामक अमेरिकीले यो प्रतियोगिता जितेकी थिइन् ।

तपाइँ पनि भाग लिने होइन त ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
ट्रयाक बाहिर रिलिज समुद्रपार कीर्तिमान सङ्गीतकार लुकेका कुरा उपलब्धि तातोपीरो क्या बात ! नेपाली तारा विचार भिडन्त गायक रुचि प्रेम र विवाह पेज थ्री गीतकार अवार्ड बजारमा हल्ला
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology,