Home» City Life »Updates

दशैँको मैझारो गुरुकुलमा

दशैँको अन्तिम दिन पारेर राजधानीस्थित नाट्य शिक्षण स्कूल गुरुकूलले टीका ग्रहण गर्ने अवसर जुरायो । जसमा राजधानीका कोभन्दा को कम साहित्यकार, चित्रकार, गायक, कलाकार, चलचित्र निर्मातालगायत अन्यहरुको उपस्थिति थियो ।

हरेक वर्षदशैँको अन्तिम दिन कोजाग्रत पूणिर्माको अवसर पारेर यहाँ टीका लगाउने र टीकापछि भोजन गर्ने चलन चलाइएको छ ।

गुरुकूलको टीका ग्रहण कार्यक्रममा सबैभन्दा पाकाबाट कान्छाहरुले टीका थाप्ने प्रचलनअनुसार डा. कृष्णप्रसाद भण्डारी, गायक तथा नाट्यकर्मी हर्रि्रसाद रिमाल, अभि सुवेदीलगायत अन्य व्यक्तित्वहरुले श्यामदाश वैष्णवबाट टीका थापेका थिए भने त्यसपछि गुरुकूलका कूल गुरु सुनील पोखरेल तथा अन्य आमन्त्रित व्यक्तित्वहरुले श्यामदाश वैष्णव, डा. भण्डारी, नाट्यकर्मी रिमाल, संस्कृतिविद् सुवि शाह र रामशरण दर्नाल आदिबाट टीका ग्रहण गरेका थिए ।

लगभग ३ सयभन्दा बढी कोभन्दा को कम व्यक्तित्वहरुले यस समारोहमा भाग लिएका थिए ।




 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
सेलेब्रिटी मोबाईल पेट्रोल हल्ला समलिङगी awards माओवादी crisis संविधानसभा अनुभव celebrity streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: