Home» Around the World »Weird and Interesting

अर्काको घरमा कट्टु धुँदा

गएको सोमबार ८१ वर्षीया एक वृद्धाले घरबारबिहीन एक व्यक्तिलाई गोली हानेकी छिन् । तर वृद्धाले आफूले गलत कार्य नगरेको बताउँदै उक्त व्यक्ति आफ्नो घरमा मज्जाले लुगा धोइरहेकाले रिस थाम्न नसकेर गोली हानेको स्वीकारेकी हुन् ।

घरको पछाडि पट्टि लुगा धुने ठाउँमा केही आवाज आएको उनले पाइन् । हेर्छिन् त एउटा मान्छे उभिएर उसको कट्टु धोइरहेको रहेछ । यो देखेर इथेल स्यार्ण्र्डस नामक यी वृद्धाले आफ्नो कन्पोरो तातेको महसूस गरिन् र घरभित्रबाट बन्दूक झिकेर त्यस व्यक्तिलाई बन्दूक मात्र तेर्स्याइनन्, ड्याङ ड्याङ गोली पनि हान्न भ्याइन् ।

प्रहरी अधिकारी एरिक ग्यालिचेन्टले एपी समाचार संस्थालाई दिएको जानकारी अनुसार त्यसपछि बूढो मान्छेले आफूले गलत नगरेको बतायो । आफू धेरै दिनदेखि नुहाउन र लुगा धुन नपाएकाले ती महिलाको नुहाउने कोठा पनि प्रयोग गरेको स्वीकार गर्दै अब आइन्दा उनको घर नछिर्ने समेत बतायो । तर रिसले चूर भएकी इथेलले गोली हानिन् । तर ज्याद्रो उक्त व्यक्तिले इथेललाई धक्का दिएर लडाई आफूले धोएका लुगा टिपेर टाप कस्यो ।

घटनाको लगत्तै इथेलले प्रहरीलाई खबर गरिन् र उक्त व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल पनि भयो । पक्राउ परेका व्यक्ति २५ वर्षीय जेम्स पेन भएको खुलेको छ । उनी साउथ एलाबामा मेडिकल सेन्टरका छात्र भएको पनि जानकारीमा आएको छ ।

जेम्स पेनलाई पक्राउ लगत्तै अस्पताल भर्ना गरेको थियो भने उनको स्वास्थ्य स्थिति क्रमिक सुधार भएको छ । स्वस्थ भएपछि उनलाई एक नम्बरको चोरी मुद्दामा जेल चलान गरिने प्रहरी अधिकारीले बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ माया सुन्दरी सेलेब्रिटी गुगल विज्ञापन भव्यता बलिउड इन्टरनेट नग्नता श्रीमानश्रीमती मूर्ख्याइँ उदेकलाग्दो उपाय हलिउड परिस्थिति मुद्दा मामिला कीर्तिमान उदारता यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,