Home» City Life »Updates

दशैँ आयो, खाउँला पिउँला


तपाइँहरुमध्ये धेरैलाई नौरथादेखि नै दशैँ लागिसक्यो होला । त्यसयता पार्टी, साथीभाइसँगको भेट, आफन्तसँगको अपनत्व आदानप्रदान, तास खेलाई वा मनोञ्जनको सरगर्मी शुरु भइसक्यो होला । तर आजदेखि सरकारी बिदा, आफन्तजनहरुको बाक्लो उपस्थिति, पूजापाठको औपचारिकताका कारण, बजारको चहलपहल, किनमिलको चटारोका कारण बल्ल तपाइँहरुले दशैँ चाहिँ बल्ल आइपुग्यो भन्ने महसूस गर्नु भएको हुँदो हो ।  

सप्तमी, अष्टमी र नवमीलाई हामी 'महा' पनि जोडेर देवीलाई पूजा गर्र्छौँ । घटस्थापनाका दिन थापेको पूजाघरमा अझै पनि दशमीसम्म पूजा गर्नेछौँ । तपाइँका साना भाइबहिनी वा बालबच्चाहरुले कति पटक त पहेँलपुर भएका जमरालाई हेर्दै दशमीको दिन गन्न थालेको पनि निकै भइसकेको हुँदो हो ।  

दशैँ हामी नेपालीका लागि कति महत्वपूर्ण छ भने, यही बेला अनेक महत्वपूर्ण राजनीतिक घटनाक्रम हुन पुग्छन् । राजनीतिक पार्टी नेताहरु दशैँकै अवसरमा जलपान समारोह आयोजन गर्छन् । यही बेला विद्रोही राजनीतिक समूह, घटक र पार्टीले युद्ध विराम गर्छन् । राजाले 'कु' गरेको घटना पनि असोज १८ सँग जोड्दा दशैँकै अवसर पारिएको थियो ।  

दशैँको लामो छुट्टि कतिपय व्यवसायीहरुका लागि व्यापारका नयाँ तौरतरिका सिक्ने समय हो । कला सर्जकहरुका लागि यो बेला उत्कृष्ट कला सिर्जना गर्ने उत्तम उपाय हो । ज्यादा व्यस्त रहने व्यक्तिहरुका लागि यो घुमघामका लागि सर्वोत्तम समय हो । त्यसैले पनि यो चाडको महत्व ज्यादै छ । धार्मिक हिसाबमा नभए पनि सामाजिक हिसाबमा यसले ज्यादै महत्व बोकेको छ ।  

हिजोआज दशैँ विरोधी कुराहरु पनि हुन थालेका छन् । कसैले यो बाहुनहरुको मात्र चाड हो भन्छन् । त्यसैले पूर्व र पश्चिमका आदिवासी जनजातिहरुले यसलाई मान्न छाडिसके । तराइवासीहरुको त दुर्गापूजा मात्र महत्वपूर्ण हुने गर्दथ्यो । तिहार र छट मात्र उनीहरुको पर्व छँदैथियो । तर दशैँले जति अवसर अरु कुनै पर्वले दिन सक्तैन । किनभने यो चाडमा बढी नै समय छुट्टि हुन्छ र एक साता लामो बिदाले धेरैलाई धेरै दिन सक्छ । त्यसैले यसलाई भरपूर सदुपयोग गर्नुहोस् र यो लामो विदा फलदायी बनाउनुहोस् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country