Home» Around the World »Weird and Interesting

पर्खदै पर्खदै निद्रा लाग्यो

बढ्दो ट्राफिक जाम र बढ्दो स्वास्थ्यमाथिको खेलाँचीका विकसित देशमा कस्तो छ भन्ने उदाहरण सुन्न तयार हुनुहोस् । स्वीरजरल्याण्डका एक बूढा पेन्सनपट्टावाला व्यक्ति ट्राफिक जामका बेला निदाइदिएपछि उनी समस्यामा परेका छन् ।

एनानोभा समाचार एजेन्सीका अनुसार उर्स मउरर, ७८, ले ज्यादै ट्राफिक जाम हुने ठाउँमा लामो जाममा गाडी के अड्याएका थिए, उनी भुसुक्कै निदाएछन् ।

उनीभन्दा पछिका कारवाहकहरुले मज्जाले हर्न बजाए पनि उनले रक्तिभर सुनेनन् । एक त वृद्ध त्यसमाथि गहिरो निद्रा ! हर्न मात्र कहाँ हो र, उनको कारको ढोका ढक्ढक्याइयो, उनको झ्याललाई ट्वाङ-ट्वाङ गरियो, तर पनि उनलाई
निद्राबाट उठाउन सकिएन ।

यति गरिसकेपछि बल्ल प्रहरी आइपुगे र प्रहरीले उनलाई ब्युँताए । मज्जाले खाना खाइसकेपछि भाते न्रि्राका कारण भुसुक्क निदाएकोमा ती बूढाले प्रहरी समक्ष माफी मागेका छन् । प्रहरीले उनको सवारीचालक प्रमाणपत्र चाहिँ खोसिदिएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति माया भव्यता विज्ञापन नग्नता सुन्दरी इन्टरनेट सेलेब्रिटी यस्तो पनि ! बलिउड मुद्दा मामिला उदेकलाग्दो प्रविधि सेक्स जनावर मूर्ख्याइँ श्रीमानश्रीमती गुगल फट्याइँ उदारता
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,