Home» City Life »Updates

विजया दशमी, दशैँ र शान्ति प्रक्रिया

हुने खानेका लागि दशैँ एउटा रमाइलो चाड हो र हुँदा खानेहरुका लागि चाहिँ कष्टकर । यस्तो बेलामा दशैँ आइपुगेको छ, जहाँ संविधानसभाको निर्वाचन एकान्तिक रुवाईमा छ, सात पार्टी सात टाउकाहरु सात बाटामा बटारिएका छन् र देशको आर्थिक गति लगभग सुस्त छ । यस्तो बेलामा हुँदा खानेहरुका लागि दशैँ दशा बनेर आइपुगेको छ । उसो त हुने खानेका लागि पनि दशैँ पहिलेजस्तो रमाइलो हुन छाडेको छ । किनभने, अर्थ र रमाइलो भनेको एउटा साङ्लो हो, जहाँ एउटा भीँडभित्र दर्ुइ जना मात्र दुःखी मानिसहरु छिरे भने त्यो भीडको रमाइलो पूरै छरपस्टिन्छ ।

विजया दशमी विजयको चाड हो, उत्सवको चाड हो, खुशी र उमङ्गको चाड हो । यो चाडले हामीलाई जस्तै कष्टकर समयमा पनि विजयप्रति आफ्नो ध्यान केन्द्रित गर्न पाठ सिकाउँछ । देउताहरुले त महिषासुरलाई जित्न नौ दिन घमाशान युद्ध लड्नु परेको थियो । झन्, हामी त मनुष्य हौँ । हामीले पनि उत्तिकै कष्टका साथ विजय हात पार्नुपर्ने सन्देश यो पूजाले, यो चाडले दिने गरेको छ । हुन पनि यस चाडको महत्व कति छ भने, तर्राईमा सशस्त्र युद्ध लडिरहेको ज्वाला सिंहले दशैँअवधिभर चन्दा, अपहरण आदि आपराधिक गतिविधि नगर्ने घोषणासमेत गरिसकेको छ ।

यति शक्तिशाली चाडलाई हामीले उत्साहपूर्वक मनाउनु पर्छ, बाध्यतामा होइन । हामीले यसलाई एकताका लागि मनाउनु पर्छ, फुटका लागि होइन । शान्तिका लागि मनाउनु पर्छ, अशान्ति र लुटपाटका लागि होइन । उच्च मनोवलका लागि मनाउनु पर्छ, हिनताबोधका लागि होइन ।

हुने खानेले मनाउने दशैँमा हुँदा खानेलाई पनि समावेश गर्नु अत्यन्त जरुरी छ । जस्तो कि हालै एउटा विज्ञापन आएको छ । पूजा साबुनले घोषणा गरेको छ, तपाइँ हाम्रो साबुन किन्नुस्, त्यो साबुन किनेको रकमको केही पैसा हामी सडक बालबालिकालाई दशैँ मनाउन उपयोग गर्ने छौँ । पूजा साबुनले विगत तीन वर्षता नियमित रुपमा यस्तो चाड हुँदा खानेहरुका लागि किनिदिइरहेको छ । कतै तपाइँले पनि यस्तै प्रयास पो गर्ने हो कि !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country