Home» Around the World »Weird and Interesting

जङ्क चिठ्ठीबाट कला

जङ्क मेल अर्थात् अवाञ्छित चिठ्ठीले विकसित देशहरुमा दिक्क लगाउने गरेको छ । सानो चिठ्ठी बाकसमा वाहियात र अवाञ्छित चिठ्ठीको भेलले गर्दा त्यहाँका वासिन्दा दिक्क हुने गरेका छन् । तर एनी कोहेन, ५४, ले यसको साह्रै गतिलो कलात्मक उपाय निकालेकी छिन् ।

वर्षभरि आफ्नो बाकसमा फेला परेका जङ्क मेलहरुलाई उनले गज्जबको मूर्ति बनाएर आफ्नो बगैँचामा झुण्ड्याएकी छिन् ।

चार सन्तानकी आमा एनीले गएको १ जनवरीमा यो काम शुरु गरेकी थिइन् र अहिले यो पूर्ण भइसक्दा ५ फिट अग्लो भइसकेको बीबीसीले जनाएको छ । उनले आउँदो डिसेम्बर महिनाभरि आउने जङ्क मेललाई यस्तै मूर्तिको रुप धराएर देशमा सन्देश दिन चाहेको बताएकी छिन्- "हाम्रो देशमा हरेक वर्षकत्तिको जङ्क मेल आएर दुःख दिन्छ भन्ने सन्देश यो मूर्तिले देओस् भन्ने मेरो चाहना छ ।"

एनीले त जङ्क मेलको एउटा श्रृङ्खलाबद्ध मूर्ति सिर्जना गर्ने विचार गरेकी छिन्, जुन एक समय कुनै कला ग्यालरीमा प्रदर्शन गर्न सकियोस् । "म यो कलाका माध्यमबाट यस्ता जङ्क मेलका बारेमा छलफल शुरु होस् भन्ने चाहन्छु । यसबाट मानिसहरुले आफ्नै निश्कर्षनिकाल्न सकून् ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स उदेकलाग्दो कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,