Home» Around the World »Weird and Interesting

कलायुक्त तेस्रो कान

अष्ट्रेलियाका एक कलाकारले आफ्नो पाखुरामा तेस्रो कान जन्मिएको बताएका छन् ।

साइप्रसमा जन्मिएका स्टेलिओस अर्काडियो नामक यी कलाकारलाई मूलतः स्टेलार्कको नामबाट चिनिन्छ । उनले आफ्नो पाखुरामा कानजस्तो देखिने चिजलाई आफ्नो तेस्रो कान भएको बताउँदै र देखाउँदै पैसा बटुल्ने गर्दछन् । शरीरमा कहिलेकाहीँ आवश्यकताभन्दा बढी मासु थुप्रिँदा बन्ने यस्तो आकृतिलाई उनले तेस्रो कानको उपमा दिएका थिए ।

स्टेलार्क, ६१, को तेस्रो कानलाई तह लगाउन (अप्रेसन गर्ने) सही व्यक्तिको छनोट गर्न वर्षौँ लागेको बताएका छन् । पाखुरामा रहेको यो कानले अन्य दुइ कानझैँ राम्रोसँग सुन्न त सक्तैन तर स्टेलार्क के विश्वास गर्छन् भने यदि वैज्ञानिक तरिका अपनाउने हो भने चाहिँ यो कानले सुन्न सकिन्छ ।

रियालिटी टीभीकी स्टार साशा गार्डनर (उनी मोडल पनि हुन्) जन्मिदै एउटा मात्र कान थियो । उनले हालै मात्र प्लास्टिक र्सजरी गरेर अर्को कान खडा गरेकी थिइन् । उनले भनिन्- "स्टेलार्कले आफ्नो तेस्रो कान हातमा पाउनुलाई उनले मनोरञ्जनको रुपमा लिएका होलान्, तर मलाई व्यक्तिगत रुपमा यस्तो हुनु वा गर्नु चाहिँ चित्त दुख्दो काम हुन्छ । यसलाई कमाइखाने भाँडोको रुपमा कसैले पनि प्रयोग गर्नु हुँदैन भन्ने मेरो मान्यता छ ।"

यता पेपवर्थ अस्पतालका सर्जन फ्रान्सिस वेल्स भन्छन्- "यस्तो क्रियाकलापको म खेद प्रकट त गर्न चाहन्न तर केही व्यक्तिहरुका लागि यस्तो क्रियाकलाप साँच्चिकै खेदजनक हुनसक्छ ।
"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी गुगल सेलेब्रिटी इन्टरनेट मूर्ख्याइँ भव्यता बलिउड श्रीमानश्रीमती फट्याइँ विज्ञापन परिस्थिति नग्नता कीर्तिमान उपाय उदेकलाग्दो हलिउड मुद्दा मामिला उदारता
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति