Home» Around the World »Weird and Interesting

विकिपेडियालाई जापानी चेतावनी

एक जापानी सरकारी अधिकारीले जापानी खेलौने रोबोटमाथि विकिपेडियाका लेखकहरुले अनावश्यक हल्ला मच्चाएको भनी शुक्रबार आलोचना गरेका छन् ।

जापानी कृषि मन्त्रालयले एक सरकारी अधिकारीले जापानी भाषाको विकिपेडियामा लामो समयसम्म टेलिभिजनमा लोकप्रिय रहेको एनिमेटेड टीभी श्रृङ्खला गुन्दमका बारेमा अनावश्यक हल्ला गरिएको जनाएको छ । जापानमा ज्यादै लोकप्रिय यो रोबोटको लोकप्रियतालाई 'ओटाकु संस्कृति' भनी चिनिने गरिएको छ ।

कृषि मन्त्रालयले मौखिक रुपमा यस्तो लेख्ने अधिकारीहरुलाई कडा नजर राखिरहेको बताएको छ । त्यहाँ कार्यरत ६ जना कर्मचारीहरुले ४०८ वटा लेखमा सिनेमा, ठूला होर्डिङ बोर्डमा भएका हिज्जे अशुद्धि र स्थानीय राजनीतिक टीकाटिप्पणीका बारेमा लेखेका थिए । सन् २००३ यता त्यस्ता लेख कृषि मन्त्रालयबाट मात्रै लेखिने गरेको पत्ता लागेको थियो ।

रोचक के छ भने कृषि मन्त्रालयले त्यहीँका जागीरेहरुले विश्व व्यापार संगठन र त्यस अर्न्तर्गतका स्वतन्त्र व्यापार सहमतिका विषयमा लेखिएका लेखका बारेमा चाहिँ कुनै प्रतिक्रिया जनाएको छैन ।

पछिल्लो समय विकिपेडियाको जापानी संस्करणमा जापानी सरकारी कर्मचारीहरुमध्ये अधिकांशले लेख लेख्ने गरेको, ती लेखहरुलाई सम्पादन गर्ने गरेको र प्रायः तिनमा स्वतन्त्र विचार भन्दा पनि व्यक्तिगत विचारहरु व्यक्त गर्न थालिएको गाइँगुइँ चल्न थालेपछि कृषि मन्त्रालयले आफ्ना मातहतका कर्मचारीमाथि कडा आलोचना गरेको हो । अहिलेसम्म कति जना कर्मचारीहरुले विकि सम्पादन गर्छन् भन्ने चाहिँ खुलाइएको छैन ।

छद्म नामले धेरै समाचारहरु बंग्याइयो भनेर विकिपेडियाले हालै विकिस्क्यानर र्सार्वजनिक गरेको थियो । यो स्क्यानरले कुन कम्प्युटरबाट समाचार सम्पादन गरिए र लेखिए भन्ने कुरा देखाउँदछ । कृषि मन्त्रालयले चाहिँ विकिस्क्यानर यो मुद्दामा संलग्न नरहेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कुनै पनि सरकारी कर्मचारीहरुलाई विकिपेडिया कार्यालय अवधिमा सम्पादन नगर्न आदेश दिएको छ । अरु त अरु कार्यालय अवधिमा विकिलाई निस्त्रिmय पार्ने पनि मन्त्रालयले बताएको छ ।

गएको महिना जापानी शाही चिहानका बारेमा गरिएको आलोचनात्मक लेखलाई राजप्रासाद सचिवालयले आधिकारिक रुपमा विकिपेडियालाई अनुरोध गरी लेखमाथि सम्पादन गरेको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट प्रविधि भव्यता सुन्दरी माया सेलेब्रिटी बलिउड गुगल नग्नता मूर्ख्याइँ उदारता यस्तो पनि ! हलिउड श्रीमानश्रीमती मुद्दा मामिला विज्ञापन कीर्तिमान फट्याइँ सेक्स उपाय
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read