Home» Cinema »Feature

उद्योगमा अर्को फड्को

नेपाली चलचित्र उद्योगमा प्राविधिक गडबडी उत्पन्न भएको निकै भइसकेको छ । हाम्रा सिनेमाहरु ३५ मिमिमा बन्ने गर्थे, अहिले घटेर १६ मिमिमा बन्न थालेका छन् । पहिलेका सिनेमाको बजेट एक करोडसम्म हुन्थे (राँको), अहिले २५ लाख (मिसन लब इन सिक्किम) मै सिध्याउने प्रपञ्च हुने गरेका छन् । यस्तो अवस्थामा चलचित्र उद्योगका एक हस्ती चाहिँ प्राविधिक स्तर बढाउन लागिपरेका छन् ।

ती हस्ती हुन्, दीप तुलाधर । मूलतः तुलाधरलाई नेपाली गीत, सङ्गीतका मुद्रकका रुपमा चिन्दछन् तर उनले अहिले आफ्नै घरमा नेपाली चलचित्रको ध्वनिस्तरमा वृद्धि गर्नका लागि ५.१ सराउण्ड साउण्ड सिस्टर, डीटीएस साउण्ड सिस्टम इन्कोड गर्ने स्टुडियो बनाएका छन् ।

उनले आफ्नो क्षमतालाई चलचित्र अल्पविराममा उपयोग गरिसकेका छन् । पहिले नै फ्ल्याट साउण्डमा रेकर्ड गरिसकिएको अल्पविराम अहिले पर्दामा सराउण्ड साउण्डमा हेर्न मिल्ने बनाइएको छ । यसको ध्वनि स्तरीयता विदेशी चलचित्रभन्दा कम नरहेको तुलाधरको दाबी छ ।

करिब दुइ लाख रुपियाँको लागतमा तयार भएको यो स्टुडियोमा अन्य तीन चलचित्रको सराउण्ड साउण्डका कार्यहरु भइरहेको बताइएको छ । अधिकांश डिजिटल फर्म्याटका चलचित्रका लागि काम भइरहेको पनि तुलाधरले जानकारी दिएका छन् ।






 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला सेलेब्रिटी अभिनेता समारोह रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,