Home» Cinema »Feature

घरका कुरा

भनिन्छ, घरको कुरा बाहिर भन्दै हिँड्नु हुन्न रे ! तर जब कुरा युवराज लामाको आउँछ, यो उक्ति फ्लप हुन्छ । उनी आफ्ना छोरा केही समयअघिसम्म लागू औषधका आदि थिए भन्न दायाँबायाँ हेर्दैनन् ।

उनलाई यस्तो हिम्मत चाहिँ उनकै छोरा सिद्धार्थले दिएका हुन् । उनका छोरा सिद्धार्थ अहिले यो आदिबाट मुक्त छन् र प्रमाणित गरिदिएका छन्- यदि दृढ इच्छाशक्ति भयो भने गर्न नसकिने चिज चाहिँ छैन ।

आफ्नै चलचित्र निर्माता-निर्देशक पिता युवराजका केही चलचित्रमा बाल कलाकारका रुपमा समेत अभिनय गरेका सिद्धार्थले लागू औषधबाट कसरी पार पाउन सकिन्छ भन्ने पुस्तकसमेत लेखेका छन् । यसमा आफू दुर्व्यसनमा फँस्नुका कारणदेखि छोडाईसम्मका अनुभवलाई सँगालेका छन् । नेपालभर दुर्व्यसनी र यसका कारण खोतल्ने प्रयाससमेत पुत्र लामाले गरेका छन् ।

उनको यो पुस्तकलाई हालै नायक राजेश हमालले लोकार्पण गरे । नायक हमाल नेपाल सरकारका लागू औषधविरुद्धका सद्भावना राजदूत पनि हुन् ।

चलचित्र निर्देशक लामाले आफ्नै छोराजस्ता अन्य युवाहरु कुलतमा नलागून् र यदि लागे पनि तिनको सही पथ प्रदर्शन हुन सकोस् भनी डि केयर फाउण्डेशनको स्थापना गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,