रसियाकै सबैभन्दा बढी तौलको बच्चा

रसियाली एक महिलाले उत्तरी शहर साइबेरियामा १२ औँ सन्तान जन्माएकी छिन् । र, यो १२ औँ सन्तान पौने आठ केजीको छ । भनिन्छ, रसियामा जन्मिएका अहिलेसम्मका बच्चामध्ये सबैभन्दा बढी तौलको बच्चा यिनै हुन् ।
बच्चाकी आमा नादियाको अप्रेसनपछि मात्र यी बच्चा जन्मेका हुन् । यी बच्चाका आठ जना दिदी र तीन दाजु रहेको रोयर्टस समाचार संस्थाले जनाएको छ ।
यो खबर सुनेपछि नादियाकी आमा तात्याना बार्बानोभा छक्क छिन्, भनिन्- "यो खबर सुनेर मेरो ओठ खुल्या खुल्यै भयो । मेरो लोग्ने पनि चकित परे, तिनले आश्चर्यले आफ्ना आँखा पाँच/छ पटक झिमिकझिमिक पारे ।"
अत्यन्तै गरिव परिवारकी सुत्केरी नादियाका लागि घरमा उति राम्रो खाने व्यवस्था छैन । "मेरालागि विशेष खानाको तयारी गरिएको छैन र मलाई त्यस्तो कुराको आवश्यकता पनि छैन । टमाटर, आलु र चाउचाउले यस पटकको सुत्केरी उतार्न सकुँलाझैँ लागेको छ", ४३ वर्षीया नादियाले स्थानीय अखबारलाई बताएकी छिन् ।
१२ सन्तानकी आमा बनिसकेकी नादियाले आफ्ना सन्तानलाई ५ केजीभन्दा बढी नै तौलमा जन्माएकी छिन् । तर यस पटक पौने आठ केजीको सन्तान जन्माएर राष्ट्रिय कीर्तिमान बनाएकी यिनलाई सरकारले चाहिँ खासै केही गर्ला भन्ने लागेको छैन ।
गिनिज वर्ल्ड रेकर्ड्समा सबैभन्दा बढी तौलका सन्तानको रुपमा इटालीमा १९५५ मा जन्मिएका थिए भने अमेरिकामा सन् १८७९ मा सबैभन्दा बढी चौलका बच्चा जन्मिएका थिए तर ११ घण्टापछि यिनको मृत्यु भएको थियो ।
सामान्यतया एउटा स्वस्थ बच्चा ३.२ केजीको हुने गरेको विश्व स्वास्थ्य संगठनको आँकडाले देखाएको छ ।
पछिल्लो समयमा रुसमा सन्तान जन्माउने रहर गर्ने युवापुस्ताको अभाव भइरहेको बेला नादियाको निर्णय बाट रसियाली सरकार खुपै खुशी भएको हुनुपर्छ ।
|