Home» Around the World »Weird and Interesting

छाउरोको निहुँमा पारपाचुके

पश्चिमी संसारमा बिहेजस्तो महत्वपूर्ण कुरा सानो कुरामा पनि भङ्ग हुनसक्दो रहेछ भन्ने कुरा हालै रोमानियामा देखिएको छ । एनानोभा समाचार एजेन्सीका अनुसार बिहे गरेको मात्र आठ महिनामा एक दम्पत्तिले कुकुरको छाउराको निहुँमा आफ्नो वैवाहिक सम्बन्ध समाप्त पारेका हुन् ।

६७ वर्षीय स्याण्डु बीले बिहे गरेको आठ महिना पनि भएको थिएन, उनीभन्दा २० वर्षे कान्छी श्रीमतीसँग कुकुरको छाउरोको निहुँमा दैनिक झगडा हुन थालेपछि दिक्दार भएर पारपाचुकेका लागि अदालतमा मुद्दा दायर गरेका छन् ।

स्याण्डु बीले पालेर राखेका दुइ सुँगालाई श्रीमतीको कुकुरको छाउरोले मजाले चपाइदिएपछि उनको कन्सिरी तातेको हो ।

त्यसो त आठ महिनाअघि आफ्नै किसिमको जीवन जिइरहेका स्याण्डुले नयाँ श्रीमती आएपछि दैनिक आफ्नो घरमा भिडभाड बढेको बताए । "मेरी श्रीमती पार्टी भनेपछि हुरुक्क हुन्छिन् र दैनिक केही न केही निहुँमा पार्टी दिइरहन्छिन् । मलाई चाहिँ यो रत्तिभर मन पर्दैन । मैले उनलाई दैनिक पार्टी नदेऊ, मलाई मन पर्दैन भन्दा पनि मानिरहेकी थिइनन्", उनले भने- "यस पल्ट त अति भो, उनले पालेको कुकुरले मैले पालेको सुँगालाई कपाकप खाइदियो । यस्तो विचार नमिल्ने मान्छेसँग कसरी जीवन बिताउनु ?"

हुन पनि स्याण्डुका दिन नै पो कति छन् र ? लगभग ७० पुग्न लागेका यिनलाई तरुनो मनकी श्रीमती पाल्नलाई साँच्चिकै गाह्रो भयो । यस्तो अवस्थामा कुकुरको निहुँ नै सही उनले श्रीमतीबाट छुटकारा पाउने कुरामा ढुक्क भएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती मुद्दा मामिला सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट परिस्थिति फट्याइँ उदारता नग्नता मूर्ख्याइँ विज्ञापन भव्यता हलिउड गुगल सेक्स उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल