 |
Home» City Life »Updates |
सोह्र श्राद्ध र हिन्दुत्व

- सामीप्य तिमल्सिना
हिन्दूहरुका लागि महत्वपूर्ण मानिने सोह्र श्राद्ध २७ सेप्टेम्बर बिहीबार अर्थात् १० गते असोजबाट शुरु भएको छ । यो आउँदा १५ दिनसम्म जारी रहनेछ ।
कृष्णपक्षको प्रतिपदादेखि औँशीसम्म रहने यो समयावधिलाई पितृपक्ष वा महालय पक्ष भनेर पनि जानिन्छ ।
विभिन्न समयमा भौतिक शरीर परित्याग गरी गएका मृतक आत्माहरुको मुक्तिहेतु श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनिन्छ । र, श्राद्धकर्ताहरु के विश्वास गर्छन् भने उनीहरुले कर्मकाण्डीय विधिमार्फत् गरेका कर्महरुले पितृहरु सन्तुष्ट हुन्छन् । श्राद्धको समयमा जे जे गरिन्छ, त्यो सबै पितृहरुले पाउँछन् ।
३६५ दिन मध्येको यी १६ दिन पितृहरुकै स्मरणमा छुट्याइएकाले यसलाई पितृपक्ष भनिएको हो । त्यसैगरी यो समयमा एक वा दुइ पितृहरुलाई मात्र नसम्झेर भएभरका पितृहरुलाई सम्झदै श्राद्ध गर्नुपर्ने भएकाले महालय अर्थात् ठूलो घर भनिएको हो । भएभरका पितृहरुलाई अटाउन ठूलो घर चाहिने भएकाले पितृपक्षका अलावा यसलाई महालय श्राद्ध भनिएको हो ।
कन्या राशीमा सूर्य गएको समय पितृहरुका लागि अत्यन्त शुभ मानिन्छ । र, असोज महिनामा सूर्य कन्या राशीमा प्रवेश गर्ने भएकाले समय पितृहरुका लागि अनुकूल मानिएको हो ।
श्राद्धको विधिमा तर्पण दिने र पिण्ड दान गर्ने दुइ महत्वपूर्ण विधि हुन् । तर्पण दिनाले मुक्ति पाउने र पिण्डले क्षुधा तुष्टि हुने कारणले यिनको ठूलो महत्व छ । तिथिको श्राद्ध अथवा एकोदिष्ट श्राद्धमा पनि यो विधिको उत्तिकै महत्व हुन्छ । तर एकोदिष्टमा एउटा मात्र अर्थात् एउटा मात्रै पितृको श्राद्ध गरिने भएकाले योभन्दा महालय श्राद्धलाई वृहद् मानिएको हो ।
कतै तपाइँले आफ्ना पितृलाई सम्झनबाट बिर्सनु त भएको छैन ?
| |
|
|
|
|
|
|
|
|
|
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |