११ ब्राह्मणको चलचित्र शान्ति होम
चलचित्रका नायक लोकेन्द्र कार्कीले देशको शान्ति सुव्यवस्था र चलचित्र उद्योगको उन्नतिका लागि ११ ब्राह्मणलाई भेला गराई शान्ति होम गराएका छन् ।
उनले यो होम देशको शान्तिका लागि मात्र नगराई उनले निर्माण गर्ने नयाँ चलचित्र शासनको विघ्नबाधा हटोस् भनी कामनासमेत गरेका हुन् । बिहान होम गरेपछि साँझ उनले पत्रकारहरुलाई भेला गरी करिब एक करोड रुपियाँमा निर्माण गरिने चलचित्र 'शासन' निर्माणको घोषणासमेत गरेका छन् ।
"राष्ट्र जुन बेला सबैभन्दा बढी संकटपूर्ण घडीमा हुन्छ, त्यहिबेला जनताले आफ्नो ठाउँमा सक्दो काम गर्नुपछ", पत्रकार सम्मेलनमा निर्माता लोकेन्द्र कार्कीले बताए- "यो चलचित्र त्यही भावनाको प्रतिविम्ब हुनेछ ।"
त्यसो त शासन कुनै पनि आर्ट या ज्यादै व्यवसायिक चलचित्र नहुने पनि उनले जानकारी गराए । एउटा राम्रो व्यवसायिक चलचित्र बनाउने तर विदेशमा पनि बेच्न सकिने किसिमको यो चलचित्र हुने उनको धारणा थियो ।
चलचित्रका निर्देशक आकाश अधिकारी हुनेछन् र अन्तर्राष्ट्रिय प्रदर्शनका लागि यो चलचित्रलाई १२० मिनेटभन्दा लामो नबनाइने उनको भनाइ थियो । यस चलचित्रमा निर्माता र कलाकारसमेत रहेका लोकेन्द्रको कथा रहेको छ ।
चलचित्रमा लोकेन्द्रबाहेक नीर शाह, हरिहर शर्मा, रेखा थापा, सञ्चिता लुइटेल, बसुन्धरा भुसाल, मुकुन्द श्रेष्ठ, धीरेन शाक्य, तृप्ति, सुभद्रा अधिकारी, उषा पौडेल आदि कलाकार रहने बताइएको छ ।
निर्देशकः आकाश अधिकारी
कथाः लोकेन्द्र कार्की
छायाँकनः शिव ढकाल
पटकथा, संवादः सुरज सुब्बा 'नाल्बो', युगेश रायमाझी
सङ्गीतः शम्भुजीत बासकोटा
गीतः किरण खरेल, आकाश अधिकारी, नवराज लम्साल
द्वन्द्वः राजेन्द्र खड्गी
नृत्यः वसन्त श्रेष्ठ
कलाः पासाङ टी. शेर्पा
श्रृङ्गारः शाम्भा डी. पाटिल
निर्माणः इन्टरनेशल मुविज् मेकिङ प्रा.लि.
कलाकारहरुः लोकेन्द्र कार्की, नीर शाह, हरिहर शर्मा, रेखा थापा, सञ्चिता लुइटेल, बसुन्धरा भुसाल, मुकुन्द श्रेष्ठ, धिरेन शाक्य, तृप्ति नाडकर, सुभद्रा अधिकारी, रामचन्द्र अधिकारी, उषा पौडेल, नन्दु श्रीवास्तव, रमेश अधिकारी, रविन्द्र खड्का, निर्मल शर्मा, पूर्ण थापा, गोपाल नेपाल 'फिस्टे', पल्पसा डंगोल, सीपी पौडेल, सम्राट सापकोटा |