Home» Around the World »Weird and Interesting

साँच्चिकै सुपरम्यान देखिएको दाबी



सुपरम्यान आकाशमा देखियो भनेर रोमानियाको गाउँलेहरुले हल्ला गर्न थालेपछि त्यहाँका प्रहरी अधिकृतहरुले त्यसबारेमा अनुसन्धान शुरु गरेका छन् । गाउँलेहरुले सुपरम्यान सिनेमामा देखिने मानव आकृतिजस्तै आकाशमा उड्दै धर्तीमा उत्रेको तर धर्तीमा आइपुगेपछि त्यो गायब हुन पुगेको तिनको दाबी छ ।

जेमिनी जिल्लास्थित मेहेदिन्ती काउन्टी गाउँभरिका २० जना व्यक्तिले नीलो चम्किलो लुगामा आकाशबाट ओर्लिएको थियो र त्यो लगभग सुपरम्यानजस्तै देखिएको थियो ।

गाउँभरिका २० जना व्यक्तिले प्रहरीकहाँ गएर यस्तो दाबी गरेपछि प्रहरीले तिनको भनाईलाई दर्ता गरेको एनानोभा समाचार एजेन्सीले बताएको छ ।

स्थानीय प्रहरी इओन एनुटाले भने- "हाम्रो गाउँ वरिपरिका ती सबै व्यक्तिलाई मैले सोधेँ, जो वास्तविक र झूटो बोल्न नरुचाउनेहरु नै थिए । र, तिनले भनेको कुरामा हामीले विश्वास नगर्ने ठाउँ नै पाएनौँ ।"

"अनौठो प्राणीले नीलो कपडा झपक्क ओढेर घरघरमाथि उडेको देखेपछि अब अर्को घटना के पो हुने हो भनेर त्रसित बनेका छन् ।"

४१ वर्षीय गाउँले कन्स्टिन टोडरले भने- "उभिएकै अवस्थामा ऊ उडिरहेको थियो र यो दृश्य गाउँबाट १०० यार्ड परसम्म देख्यौँ । उडेको भए पनि उसले कुनै पनि किसिमको धुँवा उडाएको वा ध्वनि उत्पन्न गरेको चाहिँ हामीले पाएनौँ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी गुगल सेलेब्रिटी इन्टरनेट मूर्ख्याइँ भव्यता बलिउड फट्याइँ श्रीमानश्रीमती विज्ञापन परिस्थिति नग्नता कीर्तिमान उपाय उदेकलाग्दो हलिउड मुद्दा मामिला उदारता
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: