Home» Television »Feature

प्रशान्तले जितेनन् भने ?


अब एक दिन मात्र छ, इण्डियन आइडोलको घोषणा हुन । तपाइँलाई लागिरहेको होला, प्रशान्तले जित्लान् । अथवा तपाइँको मुटु पनि धड्किरहेको होला, अन्य करोडौँ नेपाली जाति र उनलाई रुचाउन नेपालीइतर जातिको धड्किएझैँ । तर यदि उनले जितेनन् भने के होला ?

केही व्यक्तिहरु यदि उनले जितेनन् भने नेपालका नेपालीहरुको कोढ्याइँ प्रमुख जिम्मेवार हुने बताउँछन् । कालिमाटीका जीतेन्द्र श्रेष्ठ भन्छन्- "मैले प्रशान्तको नाम भजाएर पैसा भेला पार्नेहरुको निकै लामो जत्था देखेँ । मलाई शङ्का छ, तिनले उठाएको चन्दाको सदुपयोग गरेका छन् ।"

हुन पनि जीतेन्द्रको शङ्का नाजायज होइन । गएको साता इण्डियन आइडोलका सहभागीहरु चाङ, अङ्किता, इमोन, चारु, पर्लिन र दिपालीले आफ्नो गायन प्रस्तुत गरिरहँदा कर्न्र्सट वरपर प्रशान्तका नाउँमा कुस्त रकम सङ्कलन गर्नेहरुको कुनै कमी थिएन । (तलका तश्वीर
हेर्नुहोस्) ।

त्यसैले प्रशान्तलाई रुचाउनेहरुको यो चिन्ता पनि जायज छ । जस्तो कि भर्खरै दिल्लीबाट प्रशान्तलाई जिताउन र प्रशान्तको पक्षमा प्रचार प्रसार गर्न आइपुगेका दार्जिलिङका ज्ञानेन्द्र अर्यालले इनशाडटकमसँग भनेका थिए- "चन्दा उठाउनेहरु अधिकांश चाहिँ दार्जिलिङ जान चाहिरहेका छन् । काठमाडौँबाट दार्जिलिङ जानु जति टाढा छ, यहाँबाट वीरगञ्जको छेउछाउ पुग्नु उति नै नजिक । त्यसैले दार्जिलिङमा गएर समय नष्ट गर्नुभन्दा यहाँको नजिक पर्ने भारतीय नाकाबाट प्रशान्तका पक्षमा भोट गर्नु बढी जाती हुन्छ ।"

अहिलेसम्म प्रशान्तका नाममा कति रकम उठ्यो, तिनको सदुपयोग भएको छ कि छैन भन्ने कुराको लेखाजोखा कसैले राखेको छैन । हुन पनि हामी भावुकतामा बढी काम गर्ने भएकाले भावनाका अघिल्तिर हिसाबकिताबलाई टाढा राखेका हौँला । तर हामी हिसाबकिताबमा जहिले पनि कमजोर छौँ । हामीले जुनसुकै काम गर्दा पनि भावुकतामा गर्छौँ र यो काम किन र केका लागि भन्ने प्रश्न आफैँसँग कम गर्छौँ ।

यदि यस पटक प्रशान्तले जितेनन् भने एउटा नेपालीको गरिमा हार्नेछ । यो चाहिँ पक्का भइसकेको छ । किनभने हामीले जिताउन सक्ने अवस्थामा हुँदा पनि जिताउन सकेनौँ भन्ने हामीलाई सधैँभरि थक्कथक्क लाग्नसक्छ । त्यसैले जम्मा पारिएका र उठेका रकमको सदुपयोग जतिसक्दो बढी गर्न ज्यादै जरुरी छ ।

केही व्यक्तिहरु अमित पलको गायकीको प्रशंसा गर्दै प्रशान्तको जिताई सरस्वतीको अपमानसमेत हुने जिकीर राख्छन् । तर यो सरस्वतीको अपमान हामीले गरेको हुने छैन । यो त सोनी टीभीले गरेको हुने छ । किनभने उसले कार्यक्रमको डिजाइन नै यसरी गरेको छ कि जसलाई मन पर्‍यो, उसलाई बढीभन्दा बढी भोट गर्न पाइन्छ । यदि गायकीभन्दा भोटले जिताउन सकिन्छ भने कमजोर नै सही किन नजिताउने ?

अहिले त प्रशान्त हेर्दाहेर्दै रक स्टार बनिसकेका छन् । अब हामीले उनलाई जिताउनु कुनै कमजोर व्यक्तिलाई सिंहासनमा बसाउनु चाहिँ हुने छैन । उनी त्यस लायक् चाहिँ बनिसकेका छन् । तर के हामीले चाहिँ हाम्रो चन्दा राम्रोसँग उपयोग गर्‍यौँ ? अनि यदि प्रशान्तले जितेनन् भने के चाहिँ पक्का हो भने नेपालबाट उठेको चन्दाको राम्रैसँग दुरुपयोग भयो । हामीले प्रशान्तलाई हृदयमा राख्ने भन्दा पनि फेशनका लागि उपयोग गरेछौँ भन्ने हुन सक्छ । के तपाइँले उठाउनु भएको चन्दाको सदुपयोग भएको छ ?

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रियालिटी शो हल्ला र वास्तविकता भीडबाहिर अभिनेता नयाँपन अभिनेत्री निर्माता भित्री कुरा रमाइलो श्रृङ्खला विदेशमा
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,