Home» Cinema »Feature

कुर्सी धरापमा


चलचित्र विकास बोर्डमा नियुक्त भएर पदस्थापन भएको तीन साता पनि बितेको थिएन, नेकपा माओवादीले सत्ता छाड्ने निर्णय गरेपछि माओवादीले नियुक्त गरेका चलचित्र विकास बोर्डका अध्यक्ष र सदस्यलाई आफ्नो कुर्सी गरौँ र कसो गरौँ भएको छ ।

आफ्ना विविध २२ सूत्रीय मागमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चासो नदेखाएको भन्दै माओवादीले असोज १ गते खुलामञ्चबाट आफ्ना मन्त्रीहरुको राजीनामा पढेर सुनाएको थियो । आमसभामा राजीनामा सुनाउनुअघि नै प्रधानमन्त्रीलाई माओवादी मन्त्रीहरुले संयुक्त राजीनामा पठाइसकेका थिए ।

यस्तो अवस्थामा नैतिकताका आधारमा चलचित्र विकास बोर्डबाट माओवादीनिकट वा माओवादीले नियुक्त गरेका पदाधिकारीहरुले राजीनामा दिनुपर्छ भन्ने मान्यता छ । तर यस सम्बन्धमा चलचित्र विकास बोर्डका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले सोचिनसकेको इनशाडटकमलाई बताएका छन् ।

बरु उनीसँग बोर्ड अध्यक्ष नियुक्त भएलगत्तै आफूले गर्नुपर्ने कामकारवाहीको विविध सूचि तयार पारेका छन् । इनशाडटकमसँग उनले भने- "हुन त हाम्रो अध्ययन जारी छ, तर पनि हामीले गर्न सक्ने केही कामहरुलाई हामीले तत्काल अघि बढाइरहेका छौँ ।"

जस्तो कि अघिल्ला पदाधिकारीहरुले गरेका खर्चमध्ये कतिपय बेरुजुहरुलाई फछ्र्यौट गर्न ताकेता गर्ने, प्रतिलिपि अधिकार हनन अध्ययन दलको गठन गर्नेलगायतका काम छोटो अवधिमा सम्पन्न भइसकेका छन् । प्रतिलिपि अधिकार हनन सम्बन्धी अध्ययन दलमा चलचित्र विकास बोर्डका सदस्यहरु शिवजी लामिछाने, नायिका विपना थापा, अर्का सदस्य देशभक्त खनाल, प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार, चलचित्र विकास बोर्डका अधिकृत अनुपम निरौला आदि सम्मिलित उक्त अध्ययन दलले सुझाएका बाटाहरुलाई बोर्डले कार्यान्वयन गर्ने पनि अध्यक्ष ज्ञवालीले जानकारी गराएका छन् ।
त्यसो भए ज्ञवाली बोर्डमा गइसकेपछि काम गरेनन् भन्न त मिलेन, तर सरकारबाट हटिसकेको पार्टीले नियुक्त गरेका बोर्ड अध्यक्ष र सदस्यहरु चाहिँ यदि अर्का सञ्चारमन्त्री नियुक्त भएर स्वाभिमानपूर्वक काम गर्न दिउञ्जेल चलचित्र उद्योगका लागि राम्रो काम गर्ने पक्षमा छन् ।

अध्यक्ष ज्ञवाली भन्छन्- "त्यसो त प्रधानमन्त्रीले सञ्चारमन्त्रीको राजीनामा स्वीकृत पनि गर्नुभएको छैन । र, अर्को कुरा हामी 'सिचुएशन' पनि हेरिरहेका छौँ । बिना हस्तक्षेप काम गर्ने वातावरण रहुञ्जेल उद्योगको हितमा काम गर्ने इच्छा कसलाई हुँदैन र ?"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला अभिनेता रिलिज प्रविधि सेक्स सेलेब्रिटी समारोह सुटिङ पेज थ्री अभिनेत्री
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,