Home» Music »Feature

प्रशान्तका बारेमा हल्ला गर्दै


अधिकांश नेपालीहरु बसोबास रहेका भारतीय शहर घुमिसकेर दार्जिलिङका एक पत्रकार नेपाल आइपुगेका छन् । नेपाल आउनुको खास कारण छ, इण्डियन आइडोलका प्रतियोगी प्रशान्त तामाङका पक्षमा नेपालका युवाहरुलाई हौस्याउन उनी नेपाल आइपुगेका हुन् ।

मुम्बई, दिल्ली, देहरादुन, कलकत्ता, धर्मशाला, शिमला, चण्डिगढ, नैनीताललगायतका विभिन्न शहरका नेपाली र भारतीय प्रहरीका विभिन्न उच्च ओहदाका अधिकृतहरुलाई भेट्दै र प्रशान्तलाई भोट गर्न अनुरोध गरिसकेका ज्ञानेन्द्र अर्याल अहिले काठमाडौँ आइपुगेका हुन् ।

तर नेपालभित्र प्रशान्तलाई जिताउने होडमा बिनाकुनै संगठित प्रयास व्यक्तिगत रुपमा भइरहेका कार्यक्रम र त्यहाँबाट उठिरहेको पैसा दार्जिलिङ लिएर जाने अनि एसएमएस गर्ने कार्यप्रति चाहिँ उनलाई खासै चित्त बुझेको छैन । उनी भन्छन्- "दार्जिलिङ गएर यो पैसाले एसएमएस गर्नुभन्दा यहाँबाट वीरगञ्ज नजिकका शहर या भैरहवा नजिकको शहरमा गएर एसएमएस गर्नु ज्यादा प्रभावकारी र सस्तो हुन्छ । अनि बचेको पैसाले प्रशान्तलाई थप एसएमएस गर्न सकिन्छ ।"

हुन पनि मन खोलेर उठाइएका पैसाहरु के वास्तविक रुपमै उनका लागि खर्च होलान् त - यो ठूलो प्रश्नका रुपमा अहिले दानकर्ताहरुको मनमा उठेको छ ।

दार्जिलिङमा बसेकै कारणले पनि कतिपय आफू प्रशान्तलाई चिनेको छु भन्नेहरुले बजारबजारमा पैसा उठाउने गरेको घटना अहिले काठमाडौँका सडक र गल्लीहरुमा नौलो छैन । यति धेरै प्रशंसक रहेका बेला प्रशान्त इण्डियन आइडोल बन्न सकेनन् भने पैसा र समय दुवैको बरबादी हुने देखिरहेका ज्ञानेन्द्र आफू चाहिँ प्रशान्तका पक्षमा भोट दिउँ भनेर हस्ताक्षर अभियान लिएर पनि काठमाडौँ छिरेका हुन् ।

तर उनी यहाँ आइपुग्नु अघि नै प्रशान्तको पक्षमा रहेको लहर देखेर आफ्नो भ्रमण सफल र सुखद् रहेको इनशाडटकमलाई बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
क्या बात ! सङ्गीतकार रिलिज समुद्रपार लुकेका कुरा कीर्तिमान तातोपीरो ट्रयाक बाहिर अवार्ड नेपाली तारा प्रेम र विवाह उपलब्धि भिडन्त विचार पेज थ्री रुचि गायिका गायक गीतकार कन्सर्ट
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,