Home» Around the World »Weird and Interesting

कुटाकुट गर्न उक्साउने आमा



आमा भनेको बालबालिकाको जीवनको पहिलो स्कूल हो र आमाबाट नै संसारका राम्रा नराम्रा कुराहरु सिक्ने गर्दछन् । त्यसो हुनाले प्रायः आमाहरुले आफ्ना सन्तानले नराम्रा कुरा नसिकून् नै भन्ने चाहन्छन् । तर अमेरिकाकी ४१ वर्षीया सोफिया इलम चाहिँ हालै आफ्नो सन्तानलाई ग्याङ फाइटका लागि उक्साएको आरोपमा पक्राउ परेकी छिन् ।

उनले १६ वषर्ीय छोरालाई सिल्भराडो हाइ स्कूलका अन्य केटाहरुसँग ग्याङ फाइटका लागि उक्साएको मात्र होइन कि जसजसले आफ्नो छोरालाई हात लगाउँछ, उसलाई एकै पटकमा तह लगाइदिने धम्की समेत दिन पुगिन् ।

"इलम छोरा स्कूलमा राम्रोसँग पढेको छ कि छैन भनेर चियो गर्न मात्र केहीबेर बस्छु भनेर स्कूलमा आइन् तर उनले त अरु केटाहरुलाई धम्कीसमेत दिन पछि परिनन्", इलाका प्रहरीका डेपुटी हिदर भलेजोसले एएफपीलाई बताए ।

त्यसपछि उनको यो व्यवहारलाई विद्यार्थीहरुले गुनासो गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई गएको बिहीबार बालबालिकाहरुमाथि खतरा उत्पन्न गराएको आरोपमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस विषयमा पाँच वयस्क र एक भर्खरका युवालाई पनि अनुसन्धानको क्रममा इलमका घर र तिनका विरोधी ग्याङका घरबाट पक्राउ गरिएको छ ।

इलमको घरमा अनुसन्धानकर्ताहरुले बन्दूकसमेत फेला पारेको समाचारमा जनाइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मूर्ख्याइँ माया सुन्दरी भव्यता गुगल बलिउड सेलेब्रिटी विज्ञापन इन्टरनेट मुद्दा मामिला नग्नता श्रीमानश्रीमती हलिउड फट्याइँ परिस्थिति प्रविधि उपाय उदेकलाग्दो उदारता कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति