Home» City Life »Updates

दिन गए त्यसै नियुक्ति हुने



अहिले संसदीय सुनुवाई विशेष समिति चर्चामा छ । आठ दलका सांसदहरु सदस्य रहने यो विशेष समितिले देशका ठूला ठूला नियुक्तिका लागि दक्ष व्यक्तिको छिनोफानो लगाई सरकारलाई सजिलो बनाइदिनु हो ।

नेपालको सर्वोच्च न्यायालयका लागि केदारप्रसाद गिरिको नाम सबैभन्दा माथि भए तापनि उनले संसदीय विशेष समितिले उनमाथि लागेका १६ वटा विविध उजुरीमा प्रश्न गर्‍यो । नेपाली कांग्रेस, कांग्रेस प्रजातान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुबाहेक बाँकी अन्य दलका सांसदहरुले उनको जवाफलाई चित्त बुझाएनन् ।

यस्तै स्थिति भोगिरहेका छन्, राजदूतको नियुक्ति पाउने व्यक्तिहरु र मानव अधिकार आयोगका सदस्य हुनेहरुले ।

राजनीतिशास्त्रबारे जानकार व्यक्तिहरुको भनाइ छ, न्यायालयमाथि व्यवस्थापिकाले यसरी अंकुश लगाउनु शक्ति पृथकीकरणविरुद्ध हो र यसले त्यहाँ राजनीतिकरण हुने सम्भावना देख्छन् । केही भने यस्तो सुनुवाईलाई प्रजातान्त्रिकरणको नमूना हो भन्ने ठान्छन् ।

तर प्रधानन्यायाधीश, राजदूत र मानव अधिकार आयोगका सदस्यहरुको नियुक्तिमाथिको यो प्रक्रियाले एउटा सम्भावना देखाएको छ । देशको उच्च पदस्थ अधिकारी हुने सपना यदि जो कोहीले देख्छ भने उसको अतित चाहिँ सफा हुनै पर्छ । यदि अतित सफा भएन भने यस पटक कार्यवाहक प्रधानन्यायाधीश गिरिले जस्तो आपत संसदीय सुनुवाई विशेष समितिसमक्ष व्यहोर्नु पर्‍यो र जसरी रुञ्चे जवाफ दिनु पर्‍यो- त्यस्तै हविगत अन्यको पनि हुनेछ ।

वरिष्ठता मात्र उच्च पदमा नियुक्त हुने एक मात्र विधि हुँदा जस्तोसुकै भ्रष्टाचारी, जतिसुकै नालायक र नयाँ प्रविधि र ज्ञानबाट वञ्चित व्यक्ति देशकै सर्वोच्च स्थानमा पुग्ने खतरा हुन्छ । अहिलेको अवस्थामा प्रधान न्यायाधीश एउटा यस्तो पद हो, जुन नेपालजस्तो तरल राजनीतिक अवस्थामा कहीँ कतै केही हुन जाँदा देशकै सर्वोच्च व्यक्ति हुनुपर्ने सम्भावना रहन्छ । र, यदि यस्तो अवस्थामा खराब विगत भएका व्यक्तिहरु सर्वोच्च पदमा हुँदा अख्तियार दुरुपयोगको चरम सम्भावना हुनसक्छ । यदि त्यस्तो भयो भने त्यो देशकै लागि दुर्भाग्य बन्न सक्छ ।

यस्तो अवस्थामा नेपालमा ढिलै सही एउटा स्याब्बासीलायक काम शुरु भएको छ । हुनसक्छ, यस पटक न्यायाधीश गिरिले आफूलाई बेइज्जति भएको महसूस गर्लान्, तर यो समग्र प्रणाली बसाउने काम हो । यसमा अगुवाहरुले दुःख पाउन सक्छन्, अपमानित महसूस गर्न सक्छन् । तर, एक छिन सोचौँ त- भोलि नेपालको स्वच्छ र तत्काल न्याय दिनसक्ने सक्षम न्यायालय देख्दा तपाइँले अझै कति गर्व गर्नु होला !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
crisis समलिङगी मोबाईल सेलेब्रिटी हल्ला पेट्रोल awards माओवादी संविधानसभा celebrity अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema,