Home» Cinema »Feature

बिपनाको बोर्ड अनुभव

यहीँनेर केही दिनअघि तपाइँले थाहा पाइहाल्नु भएको थियो कि हाम्री प्यारी नायिका विपना थापा चलचित्र विकास बोर्डकी सदस्यमा नियुक्त भएकी थिइन् भनी । रोचक कुरा के रह्यो भने नेपाली कांग्रेसकी कट्टर समर्थक विपना थापा कसरी माओवादी नेतृत्वले सम्हालेको सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र बोर्डमा सदस्य नियुक्त भइन् त ?

"मलाई त महराजी (सञ्चार मन्त्री कृष्णप्रसाद महरा) ले नै व्यक्तिगत रुपमा फोन गर्नु भएको थियो", चहकिदै विपनाले इनशाडटकमसँग भनिन्- "उहाँको फोन आउँदा त म आर्श्चर्यमा परेँ ।"

त्यसो त उनी बोर्डमा छानिनुलाई चलचित्र उद्योगलाई नजिकबाट हेर्ने कसैले पनि अचम्मको रुपमा लिएका छैनन् । त्यसै पनि उनले राजाकालीन माघे चुवावमा कसैले नगरेको हिम्मत गरेकी थिइन् । अर्थात् उनले त्यो चुनावलाई नाटकको संज्ञा दिँदै चुनाव सफल नहुने घोषणा गरेकी थिइन् । उनको घोषणा त्यतिबेला यति चर्को रुपमा मन पराइयो कि जनआन्दोलन भाग २ को सफलतासँगै उनलाई केन्द्रीय चलचित्र जाँच समितिमा सदस्य बन्नका लागि नेपाली कांग्रेसकै तर्फबाट प्रस्ताव राखिएको थियो । तर उनले अस्वीकार गरिन्, अहिले सम्झँदै भन्छिन्- "मलाई त्यतिबेला कस्तो लाग्यो भने कुनै पदका लागि राजाको चुनावलाई विरोध गरेको ठान्छन् होला भनेर मैले त्यसलाई अस्वीकार गरेकी थिएँ । तर अहिले समय बद्लिइसकेको छ र नीति नमिल्ने कुनै एक पार्टीका उच्च पदस्थ नेताले मलाई बोर्ड सदस्यका लागि अनुरोध गरिरहनु भएको थियो । यस्तो अवस्थामा मैले उहाँलाई सघाउनु पर्छ भन्ने लागेर यस पटक स्वीकारेकी हुँ ।"

उनी बोर्ड सदस्य भएर चलचित्र विकास बोर्डमा गएको एक साता पनि भएको छैन । यस्तो अवस्थामा उनलाई चलचित्र उद्योगका लागि गर्ने कामका बारेमा सोध्यो भने अन्याय नै हुँदो हो तर पनि उनलाई सोध्ने लालच यो पंक्तिकारले साँधिरहन सकेन । बोर्डमा रहेर उनले के गर्लिन् त ? केही सोचेकी छिन् ? "अहिले मैले त केही सोचेकी छैन । किनभने उद्योगका लागि के गर्ने, कसरी गर्ने भन्ने बारेमा सबै किसिमका चलचित्र संघसंस्थाहरुलाई बोलाउने र तिनबाट सरसल्लाह लिने क्रम चलिरहेको छ । चलचित्र उद्योगको सबैभन्दा ठूलो समस्या पहिचान गर्ने क्रममा छौँ । त्यसैले केही गर्ने भन्ने निर्णय हुने बित्तिकै पहिलो समाचार तपाइँलाई नै दिउँला !" यति भनिसकेपछि उनी चिरपरिचित हाँसो छोड्छिन् ।

त्यसो त चलचित्र उद्योगका समस्या, चलचित्र उद्योगको सीमित साधन र श्रोत त्यसमाथि उनको छोटो अवधिको बोर्ड बर्साई अनेक कुराहरु उनीसँगै बोर्डमा आइपुगेका छन् । "हिजो मात्र अघिल्ला बोर्ड सदस्यहरुले गरेका निर्णयका फाइलहरु हेर्ने अवसर पाएँ । भए गरेका कतिपय निर्णयहरुमध्ये कुन उचित हुन् र केलाई नियमितता दिने भन्ने बारेमा अध्ययन भइरहेको छ । त्यसपछि मात्र हाम्रो कार्यनीति बताउन मिल्छ", उनी यतिबेला मात्र बल्ल एउटी सरकारी कर्मचारीझैँ बनिन् ।

के उनलाई बोर्ड सदस्य भएर बैठकमा भाग लिनु, नयाँ व्यक्तिहरुलाई भेट्नु, नियमित चाबहिलस्थित बोर्ड कार्यालय जानु अचम्म लागिरहेको छैन ? "के अचम्म लाग्नु ? किनभने प्राइम मिनिष्टर भएको भए र सिंहदरबारभित्र यस्तो रजगज गर्न पाएको भए पो अचम्म लाग्थ्यो ! राम्रो ठाउँमा राम्रो मान्छे हो भनेर पुर्‍याएकोमा त मलाई अलिकति गर्व पनि महसूस भइरहेको छ कि वास्तवमा म त सक्षम महिला रहेछु !"

बोर्डमा उनको सहभागितापछि उनले चलाइरहेको बुटिक बिपनाज् फेशन क्लब के हुन्छ त ? "आम्मुइ मैले भात खानु पर्दैन ?" लगभग अत्तालिएको स्वर थियो उनको । उनले थपिन्- "बोर्डबाट आउने भनेको बैठक भत्ता मात्र हो । यसबाट आएको पैसा त मेरो गाडीको तेल किन्न पनि पुग्दैन ! बैठक नभएको बेला मलाई त बुटिकमै भेटिहाल्नु हुन्छ नि !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री सेलेब्रिटी अभिनेता समारोह रिलिज सेक्स प्रविधि सुटिङ हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,