Home» Cinema »Feature

जोन अब्राहमको समय नमिलेपछि...



चलचित्र निर्देशक नारायण पुरीले जोन अब्राहमलाई लिएर हिन्दी चलचित्र बनाउने औपचारिक घोषणा हुनुअघि नै चर्चामा आएको चलचित्र बन्न समय लाग्ने पुरीले इनशाडटकमलाई जानकारी दिएका छन् ।

जोन अब्राहमको समय नमिलेको तर चलचित्रमा उनी नै चाहिएका कारण निर्माणमा ढिलाई हुन पुगेको उनले बताएका छन् । तर पत्रपत्रिकामा उनको यो बाध्यतालाई नबुझी र वास्तविकतालाई नकेलाई समाचार आएकोमा उनको चित्त दुखेको छ ।

"नेपाली कलाकारको समय लिन त महिनौँ कुर्नु पर्छ, झन् जोन त बलिउडका कलाकार भइहाले", कारण खोतल्दै पुरीले इनशाडटकमलाई भने- "यस्तो अवस्थामा वास्तविकता नै नबुझी समाचार लेखिनु हुन्नथ्यो !" हुन पनि तुलसी घिमिरेले राजेश हमाल, निखिल उप्रेतीलाई लिएर चलचित्र बनाउने घोषणा बैशाखअघि नै गरे पनि अहिलेसम्म उनको यो काम अघि बढेको छैन । व्यस्तताको एउटा उदाहरण !

तर पनि निर्देशक पुरी चाहिँ चूप लागेर बस्ने पक्षमा छैनन् । उनले जोनको समय नमिले पनि सोही निर्माता समूहसँग अर्को चलचित्रको तयारीमा लागेका छन् । पछिल्लो चलचित्रको प्रस्तावित नाम 'गुम' राखिएको यो चलचित्रका बारेमा यसभन्दा बढी बताउन चाहेनन् । "यसका बारेमा अहिले नै कुरा नगरौँ", पुरीले गोप्यता साँध्दै भने- "तर यो चलचित्रमा इण्डियन आइडोलका प्रशान्त तामाङले गाउँदै चाहिँ छन् ।"

तर प्रशान्त यतिबेला निकै व्यस्त रहेका र सोनी टेलिभिजनले पनि एक सातासम्म उनलाई स्टुडियो बाहिरका काममा जान नदिएका कारण पुरीको चलचित्रका लागि गाउन पाइरहेका छैनन् । इण्डियन आइडोल सकिएपछि मात्र उनी खुकुलो हुन पाउने छन् ।

यता हिन्दी फिल्मको चस्काले उनकै लगानी रहेको अल्पविरामको प्रदर्शनमा विराम लागिरहेको छ । के भन्छन् त उनी ? "अब एक साताभित्रमा चलचित्रको प्रदर्शन लगायतका कुराहरु ठेगान लाग्छन् । अब दशैँअगाडि नै चलचित्र चल्नेछ", पुरीको जवाफ छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला सेलेब्रिटी अभिनेता समारोह रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,