Home» City Life »Updates

अवार्ड आतङ्कमय



इनशाडटकम तथा साइबरसंसारडटकमकी पत्रकार प्रीति आचार्यले शिक्षाको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार नेपाल छात्रा विद्या पदक हात पारेकी छिन् । उनलाई शनिबार शिक्षा तथा संस्कृति मन्त्री प्रदीप नेपालले पदक र प्रमाणपत्र दिएका थिए ।

सेर्फड कलेज अफ मिडिया टेक्नलजी कलेजमा पढेकी प्रीतिले सीजीपीए ग्रेडिङ प्रणाली अन्तर्गत चार अङ्कमध्ये ३.६९ अङ्क ल्याएकी थिइन् ।

नेपाल शिक्षा दिवसको अवसर पारेर वितरण गरिएको यो पदक दुइ सय बढी छात्राहरु सहभागी भएका थिए । पीएचडी पाउने महिला तथा पुरुषहरुलाई पनि उक्त अवसरमा पदक वितरण गरिएको थियो ।

यसअघि ऐश्वर्या विद्या पदकका नामबाट दिइएको यो पुरस्कार पहिलो पटक शिक्षा मन्त्री प्रदीप नेपालले दिएका थिए ।

सबैभन्दा रोचक त के भयो भने कार्यक्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुरस्कार वितरण गर्ने घोषणा भएता पनि अस्वस्थताका कारण अन्तिम अवस्थामा प्रधानमन्त्री कोइराला अनुपस्थित थिए । प्रधानमन्त्री कोइराला अनुपस्थित हुने भएपछि कतिपयले पुरस्कार ग्रहण गरेका थिएनन् ।

अनुपस्थित हुनेहरुलाई प्रधानमन्त्री स्वस्थ तथा फूर्सदिलो भएपछि दिइने कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रम १० बजे हुने भनिए पनि सम्मानित हुनेहरुले कोइराला नआउने थाहा पाएपछि विरोध गरेका थिए ।

केही वक्तामाथि त सहभागीहरुले जुत्ता समेत प्रहार गरेका कारण अवार्ड आतङ्कमय बन्न पुगेको सहभागी तथा पुरस्कृत प्रीति आचार्यले बताएकी छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
awards crisis हल्ला सेलेब्रिटी celebrity माओवादी पेट्रोल मोबाईल festival streets अनुभव समलिङगी hi-life संविधानसभा events
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,